टेलिकमको ‘विन्टर अफर’

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफरअन्तर्गतको सेवा गत माघ २२ गतेदेखि नै लागू भइसकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । यो अफरअन्तर्गत अल टाइम डाटा प्याकअन्तर्गत १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध रहेका छन् । यसअन्तर्गत ६० एमबीदेखि १४ हजार एमबीसम्मका प्याकेज खरिद गर्न सकिनेछ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिनसम्म हुनेछ ।

डे डाटा प्याक
बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने डे डाटा प्याकअन्तर्गत अब १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । साथै १० रुपैयाँमा ८० एमबी डाटासमेत प्रयोग गर्न सकिनेछ । यी दुवै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिनेछ ।

नाइट डाटा प्याक
बेलुकी ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन सकिने नाइट डाटा प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिनेछ । अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक उपलब्ध गराइएको छ ।

सोसियल मिडिया प्याक
सोसियल मिडिया प्याकअन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिनेछ । यसअन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुनेछ । यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिनेछ ।

युट्युब (स्ट्रिमिङ) डाटा प्याक
युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिन समयावधिका लागि प्याक लिन सकिन्छ । यी प्याक क्रमशः १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुन्छ ।

डे टाइम भ्वाइस प्याक
डे टाइम भ्वाइस प्याकअन्तर्गत अब १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिनेछ । त्यसैगरी, १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । यी प्याक २४ घण्टाभित्र उपयोग गर्न सकिनेछ ।

पोस्टपेड प्याक
जीएसएम पोस्टपेडका लागि विभिन्न प्रकारको प्याक उपलब्ध भइरहेकोमा अब ३ सय रुपैयाँको नयाँ प्याकसमेत थप गरिएको छ । यसअन्तर्गत ६ सय २० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ । सो प्याक ३० दिनभित्र प्रयोग गर्न सकिन्छ ।

बिग डाटा प्याक
नयाँ प्याकका रूपमा कम्पनीले बिग डाटा प्याक समेत उपलब्ध गराएको छ । यसअन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा गठबन्धनमा गडबड