साउदीमा १६ नेपाली कामदार अलपत्र

काठमाडौं । साउदी अरबमा रोजगारदाता कम्पनीका प्रमुख सम्पर्कविहीन भएपछि १६ नेपाली कामदार अलपत्र परेका छन् । उनीहरू विभिन्न समयमा रोजगारीका लागि साउदी पुगेर त्यहाँको अब्देल वाहब कम्पनीमा कार्यरत रहेकामा कम्पनीका प्रमुख सम्पर्कविहीन भएपछि अलपत्र परेका हुन् ।

रियादमा कार्यरत १६ जना नेपाली विगत लामो समयदेखि कम्पनीले अकामा पनि नलगाइदिएको र पछिल्लो समय कम्पनी नचल्ने भन्दै पूर्वजानकारीसमेत नगराई कम्पनी प्रमुख सम्पर्कविहीन भएपछि अलपत्र परेका हुन् ।

पछिल्लो रोजगारदाता कम्पनीहरूले अकामा नबनाइदिने, करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा विदेशमा श्रम गर्न गएकाहरू बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घरपरिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको छ ।

साथै, यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका नेपालीलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ । यसका लागि दूतावास तथा साउदीमा भएको नेपाली समाजका अगुवाहरूले साथ सहयोग गर्ने जनाएका छन् ।

साउदीमा कफिलले एक्जिट–रिइन्ट्री भिसा दिएर नपठाएमा कामदार स्वदेश फर्कने अवस्था हुँदैन । अलेखबद्ध कामदारलाई कुनै मुद्दा मामिला नभए र स्पोन्सरले हुरूब लगाएको भए डिपोर्टेसन सेन्टर–सफरजेलबाट एक्जिट भिसा जारी गरी स्वदेश फर्कन सकिन्छ ।

पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्ने क्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल राखेपछि मात्र नेपाल फर्किन पाउने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

epaper

ताजा समाचार

वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युट बिच सम्झौता