मुम्बई । साम्बा, सूर्यबँशी र सिंघमको कथालाई मिश्रण गरेर यी तीन चलचित्रको फ्रेन्चाईजको रुपमा नयाँ चलचित्र ‘सिंघम अगेन’ निर्माण गरिएको छ । रोहित सेठ्ठीले सिंघम र सिंघम रिर्टन्सको सफलतापछि तेश्रो सिक्वेलको रुपमा सिंघम अगेन निर्माण गरेका हुन् । यो चलचित्रमा तीन चलचित्रका तीन अभिनेता सिंघम सिक्वेलका अजय देवगन, सूर्यबँशीका अजय कुमार र साम्बाका रणबीर सिंहबीच प्रतिस्पर्धा देख्न पाईने छ ।
निर्देशक रोहित सेठ्ठीको कप युनिभर्स अन्तर्गतको यो पाँचौ चलचित्र हो । चलचित्रमा उनका यी युनभर्स बान्डका बिगतका चार चलचित्रका कथा जोडिएको छ । भारतीय चलचित्रको इतिहासमै यो एउटा ठुलो प्रयोग भएको निर्देशक रोहितको दाबी छ । जसमा टाईगर श्राफ, अर्जुन कपुर, बिक्की कौशल, दीपिका पादुकोण, करिना कपुर, जैकी श्राफजस्ता स्टार कलाकार पनि छन् ।
यो तिहारलाई लक्षित गरेर आउन लागेको सिंघम अगेनको विश्वव्यापी रुपमै अग्रिम टिकट हिजोबाट आक्रमक रुपमा गईरहेको छ । बलिउडका तीन स्टारबीचको भिडन्तपू्र्ण यो चलचित्रप्रति निर्देशक रोहित निकै आशाबादी छन् । यो चलचित्रको लागत ३७५ करोड भारु रहेको छ ।
सिंघम अगेनसँग तिहारमा अर्को चलचित्र भुल भुलैया ३ जुध्दै छ । भुल भुलैयाको दुई सिक्वेलको सफलतापछि यो तेश्रो सिक्वेल हो । निर्देशक अनिश बज्मीको यो चलिचत्रमा दुई सिक्वेलकी अभिनेत्री विधा बालन, कलाकार राजपाल यादबसँगै यो सिक्ेलमा कार्तिक आर्यन, तृप्ती धिम्री, माधुरी दिक्षित, बिजयराज, सञ्जय मिश्रसहितका कलाकार रहेका छन् ।
१५० करोडको हरर जनराको यो चलचित्रको पनि विश्वव्यापी रुपमा आईतबारबाटै अग्रिम टिकट खुला गरिएको छ । यसको पनि टिकटको बुकिङ राम्रो भएको वितरकको दाबी छ । तथापि सिंघम अगेन जस्तो आक्रमक बुकिङ भुल भुलैया ३ को देखिएको छैन ।