आफूभन्दा कान्छो पुरुषसँग विवाह गरेकी यी ९ बलिउड अभिनेत्री

मुम्बई । अहिले पनि भारतमा आफु भन्दा कम उमेरको कान्छी केटीसँग विवाह गर्ने चलन छ । भारत पुरुष प्रधान देश भएकाले त्यहाँ पुरुषहरुले आफुभन्दा कान्छी उमेरकै केटीसँग विवाह गर्छन । तर प्रेम सम्बन्धले यो मान्यतालाई विस्तारै तोड्दै गएको छ । बलिउडका यस्ता केही अभिनेत्रीहरु छन् । जसले आफु भन्दा निकै कान्छो उमेरका पुरुषसँग विवाह गरेका छन् । प्राय उनीहरुले आफुभन्दा कान्छो उमेरका पुरुषसँग प्रेम सम्बन्धमा बाँधिएर विवाह गरेका हुन् । केही अभिनेत्रीले आफुभन्दा १० वर्षसम्म कान्छो पुरुषसँग दाम्पत्य सम्बन्धसमेत बाँधेका छन् । यसरी आफुभन्दा कान्छो उमेरका श्रीमानसँग विवाह गरेका यी ९ जना अभिनेत्रीहरुको यहाँ चर्चागरिएको छ ।

प्रियंका चोपडा र निक जोनास
बलिउड अभिनेत्री प्रियँका चोपडा र उनका श्रीमान एवम् अमेरिकन गायक निक जोनासको उमेरमा १० वर्षको अन्तर छ । प्रियंका ३५ वर्षकी हुँदा २५ वर्षीय निकसँग उनको प्रेम सम्बन्ध स्थापित भएको थियो । प्रियंकाकी आमा मधु चोपडाले पनि आफूलाई उमेरको अन्तरले फरक नपर्ने बताएपछि केही वर्षको प्रेम सम्बन्धपश्चत उनीहरूले २०१८ डिसेम्बरमा राजस्थानको जोधपुरमा विवाह गरेका हुन् । आफुले प्रेम गरेका मानिससँग विवाह गर्न उमेरले नछेक्ने भन्दै प्रियँकाले आफु भन्दा १० वर्ष कान्छा निकसँग विवाह गरेकी हुन् । प्रियँका सन १९८२ मा जन्मेकी हुन भने निक सन १९९२ मा जन्मिएका हुन् । यी दुईले सन २०२२ मा सरोगेसीमार्फत एक छोरी मालती मारी चोपडा जोनास जन्माएका छन् ।

माधुरी दीक्षित र डा. श्रीराम माधव नेने
बलिउड अभिनेत्री माधुरी दिक्षितले पनि आफुभन्दा ७ वर्ष कान्छो उमेरका पुरुषसँग विवाह गरेकी हुन् । अभिनेत्री माधुरीले डा. नेनेसँग सन १९९९मा विवाह गरेकी हुन् । त्यतिबेला माधुरीका परिवारले पनि आफुभन्दा ७ वर्ष कान्छो पुरुषसँग विवाह नगर्न अभिनेत्री माधुरीलाई सल्लाह दिएका थिए । तर माधुरी मानिनन् । माधुरी अहिले ५७ वर्षकी भईन भने उनका श्रीमान ५० वर्षका भए । माधुरी अहिले पनि चलचित्रमा उस्तै व्यस्त छिन् । यी अभिनेत्रीको नयाँ चलचित्र भुल भुलैया ३ यतिबेला हलमा प्रदर्शन भईरहेको छ । माधुरी र नेनेका दुई छोरा छन् ।

अर्चना पुरन सिंह र परमित सेठ्ठी
बलिउड अभिनेत्री अर्चना पुरन सिंहले पनि आफुभन्दा सात वर्ष कान्छो पुरुषसँग विवाह गरेकी छिन् । यी दुईको पनि प्रेम विवाह भएको हो । केही वर्षको प्रेम सम्बन्धपछि अर्चनाले आफुभन्दा ७ वर्ष कान्छो प्रेमी परिमत सेठ्ठीसँग सन १९९२ मा विवाह गरेकी हुन् । उमेर फरक भएका कारण उनीहरुको विवाह गर्न परिवार नमान्दा पनि यी दुईले लामो सँघर्षपछि विवाह गरेका थिए । अर्चना र परमितका दुई छोरा छन् ।

जरिना वहाब र आदित्य पञ्चोली
बलिउड अभिनेत्री जरिना वहाबले पनि आफुभन्दा ६ वर्ष कान्छा अभिनेता आदित्य पञ्चोलीसँग प्रेम विवाह गरेकी हुन् । यी जोडीले पहिलो पटिक चलचित्र कलंकका टिकामा सँगै काम गरेका थिए । सोही चलचित्रबाट यी दुईको प्रेम सम्बन्ध सुरु भएको थियो । केही वर्षको प्रेम सम्बन्धपछि सन् १९८६ मा जरिना र आदित्यले विवाह गरेका हुन् । आफुभन्दा कम उमेरको युवासँग विवाहगर्न जरिनालाई त्यतिबेला आमाले रोकेकी थिईन् । तर जरिना मानिन् र विवाह गरेरै छाडिन् । आदित्य जरिनाभन्दा ६ वर्ष कान्छा छन् र यी दम्पत्तिका दुई सन्तान छोरी साना र छोरा सूरज छन् । सूरज र सना दुबै बलिउडमा सक्रिय छन् ।

विपासा बसु र करन सिंह ग्रोबर
बलिउड अभिनेत्री विपासा बसुले पनि आफुभन्दा ५ वर्ष कम उमेको प्रेमीसँग विवाह गरेकी हुन् । बलिउड अभिनेता करण सिंह ग्रोबरसँग विपासाले सन २०१६ मा प्रेम विवाह गरेकी हुन् । करिब तीन वर्षको प्रेम सम्बन्ध पश्चाच विपासाले आफुभन्दा ५ वर्ष कान्छा अभिनेता करणसँग विवाह गरेकी हुन् । विपासाको करणसँग पहिलो विवाह भए पनि करणको भने दोश्रो विवाह हो । पूर्व पत्नी जेनीफर विँगेटसँग सन २०१२ मा विवाह गरे पनि दुईवर्षपछि सम्बन्ध विच्छेद भएपछि विपासासँग उनले विवाह गरेका हुन् । विपासा र करणको एक छोरी छिन् ।

प्रिती जिन्टा र जीन गुडइनफ
बलिउड अभिनेत्री प्रिती जिन्टाले पनि आफुभन्दा ४ वर्ष कान्छो उमेरका पुरुषसँग विवाह गरेकी छिन् । प्रितीले अमेरिकन नागरिक जीन गुडइनफसँग २९ फेब्रुअर २०१६ मा विवाह गरेकी हुन् । गुडइनफ अमेरिकाको हाइड्रोइलेक्ट्रिक पावर कम्पनी एनलाइन इनर्जीमा वित्तका लागि वरिष्ठ उपाध्यक्ष हुन् । आफ्नो श्रीमान भन्दा अभिनेत्री प्रिती ४ वर्ष जेठी छिन् ।

नम्रता सिरोडकर र महेश बाबु
सन १९९० को दशककी लोकप्रिय बलिउड अभिनेत्री नम्रता सिरोडकरले पनि आफु भन्दा २ वर्ष कान्छा अभिनेतासँग विवाह गरेकी हुन् । बलिउड र दक्षिण भारतीय चलचित्रमा सँगसँगै कामगर्दै आएकी अभिनेत्री नम्रताको सन २००० तिर दक्षिण भारतीय अभिनेता महेशबाबुसँग प्रेम सम्बन्ध स्थापित भएको थियो । नम्रताको जन्म सन १९७२ मा भएको हो भने महेशबाबुको जन्म सन १९७४ मा भएको हो । उमेरले महेश भन्दा नम्रता २ वर्ष जेठी छिन् । उनीहरुले सन २००५ मा प्रेम विवाह गरे । विवाहपछि उनी लामो समय चलचित्रमा आईनन् । एकैचोटी सन २०२२ मा उनले चलचित्र मेजरमा अभिनय गरेकी छिन् । जबकी महेशबाबु निरन्तर चलचित्रमा छन् । उनी साउथका सुपर स्टारका रुपमा परिचित छन् । नम्रता र महेशका एक छोरा एक छोरी छन् ।

ऐश्वर्या राय र अभिषेक बच्चन
पारिवारिक किचलोका कारण पछिल्लो समय अगल बस्दै आएकी बलिउड अभिनेत्री ऐश्वर्य रायले पनि आफुभन्दा दुई वर्ष कान्छा अभिनेता अभिषेक बच्चनसँग विवाह गरेकी हुन् । ऐश्वर्या राई र अभिषेक बच्चनको प्रेम सम्बन्ध मणिरत्नमको चलचित्र गुरुबाट सुरु भएको थियो । केही वर्षको प्रेम सम्बन्धपछि यी दुईले सन् २००७ मा विवाह गरेका थिए । विवाहको समयमा ऐश्वर्या ४० वर्षीया अभिनेत्री थिईन भने अभिनेता ३८ वर्षीया अभिनेता थिए । यी दुईको एउटी छोरी आराध्या छिन् ।

शिल्पा सेठ्ठी र राज कुन्द्रा
बलिउड अभिनेत्री शिल्पा शेट्टीले पनि आफुभन्दा कान्छा व्यबसायी एवम् चलचित्र निर्माता राज कुन्द्रासँग विवाह गरेकी हुन् । यी दुईले सन् २००९ मा प्रेम विवाह गरेका थिए । शिल्पा भन्दा राज एक वर्ष कान्छा हुन् । यी दुईका एक छोरा भियान छन् । विवाहपछि चलचित्र नपाए पनि रियालिटी शोमा प्रस्तुत हुँदै आएकी शिल्पाले रेष्टुरेन्टलगायत अन्य ब्यबसाय चलाउँदै आएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पलेँटी गजल मुशायरामा सन्तोष र लालकाजी सुनिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरधाममा चुनावी सरगर्मी : मेयरमै दर्जनभन्दा बढी आकांक्षी