जापान हिँडेका कोशीका मन्त्रीले जब हङकङ पुगेपछि ‘नक्कली कर्मचारी’ भेटे…

इटहरी । कोशी प्रदेशका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ११ कात्तिकमा जापानका लागि उडे । २५ अक्टोबरमा भिसा लागेर २७ अक्टोबर अर्थात् ११ कात्तिकमा नेपालबाट जापानका लागि उडेका उनी हङकङ पुगेपछि भने आश्चर्यचकित भए ।

२९ अक्टोबरदेखि ३ नोभेम्बरसम्म जापानको टोकियोमा हुने एक कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले बेहोर्ने व्यवस्थापकले जानकारी गराएपछि जापान उडेका उनी हङकङ पुगेपछि तीन जना ‘नक्कली कर्मचारी’ थपिएपछि आश्चर्यचकित मात्रै होइन झस्किए पनि ।

अधिकारीका अनुसार हङकङ पुगेपछि भ्रमण दलको सदस्य भन्दै खोटाङका जनक राई, दावा शेर्पा र रसुवाका कञ्चन देवकोटा थपिएका थिए । तीनै जनाको साथमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका सहायक स्तरका कर्मचारीको परिचयपत्रसमेत रहेको मन्त्री अधिकारीले बताए ।

एक्लै हिँडेको भ्रमण दलमा नक्कली कागजातसहित तीन जना थपिएपछि आफू झस्किएको र उनीहरूलाई साथमै लिएर नेपाल फर्किएको अधिकारीले पत्रकार सम्मेलन गरी जानकारी गराए ।

मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिएका अधिकारीले बुधबार पदबाट राजीनामा दिएका छन् । राजीनामापछि पत्रकार सम्मेलन गरी उनले जापान यात्रा’bout जानकारी गराएका थिए ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ । तर, मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएको भनेर विवादमा तानिएपछि उनले राजीनामा दिएका थिए । मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै अधिकारीले भने, ‘तीन जना परिचय गर्न आएपछि म झस्किएँ, हङकङबाट फर्कन खोजें तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नैपर्ने भयो,’ अधिकारीले भने, ‘कार्यक्रममा सहभागी हुन गइनँ, कार्यक्रममा गएको भए ती व्यक्ति उतै लुक्ने थिए, नेपाल फर्किएर प्रहरीको जिम्मा लगाएँ ।’

हङकङ पुगेपछि दलालको समूहले आफूसँगै तीन जनालाई जापान पठाएको थाहा भएको अधिकारीले बताए । नक्कली कागजात बनाएर तीन जनालाई पठाएपछि जापान पुगे पनि कार्यक्रममा नपुगी विमानस्थलबाटै तीनै जनालाई लिएर नेपाल फर्किएको अधिकारीको दाबी छ ।

तीन जना नक्कली सहभागीलाई आफूले नचिनेको र मन्त्रालयको परिचयपत्रका ’boutमा समेत थाहा नभएको उनले बताए । यस’bout अहिले नेपाल प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । अधिकारीले भने, ‘घटनाको अनुसन्धानका लागि प्रहरी महानिरीक्षकलाई पनि जानकारी गराएको छु, अरू प्रहरी अधिकारीलाई पनि भनेको छु ।’

नक्कली कागजात बनाएर तीन जनालाई हङकङमा आफूसँगै पठाएको थाहा पाएपछि त्यहीँबाट नेपाल प्रहरीको विशेष ब्युरोेसँग समन्वय गरेर ती व्यक्तिलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको अधिकारीको भनाइ छ ।

भ्रमण दलको सदस्य भन्दै जापान जानेमा खोटाङका जनक राई र दावा शेर्पा तथा रसुवाका कञ्चन देवकोटा थिए । अधिकारीसँगै सचिवालय कर्मचारी बनाएर अन्य तीन जनालाई जापान लैजान खोज्ने सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाल र दोलखा घर भएका ३० वर्षीय वीरबहादुरलगायत छन् । उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

यसअघि उनले आफ्नो ’bout टिप्पणी भएपछि नैतिकताका आधारमा राजीनामा दिएको समेत बताएका थिए । ‘कसैले राजीनामा मागेर दिएको होइन, मेरो’bout टिप्पणी भएकाले नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘नैतिकताको खडेरी लागेका बेलामा मैले राजीनामा दिएको हुँ ।’

यता, प्रहरी स्रोतले भने अधिकारीले जानकारी गराएपछि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ । यससँगै गत ३ जेठमा मन्त्री बनेका अधिकारी नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर २(ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 346 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी