सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जुवाडे पक्राउ

झापा- झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन्।वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ। पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम बोखिम भनिने तुला सुब्बा, घरधनी चन्द्रमणि रिमाल, शिवसताक्षी नगरपालिका वडा नम्बर ५ का मुकेश राउत, वडा नम्बर ११ का राजेन्द्र बाँस्कोटा, वडा नम्बर ४ का शेवराज राजवंशी छन्।

यस्तै, वडा नम्बर ७ का छत्रबहादुर सोडारी, वडा नम्बर ६ का लोकनाथ दुलाल, वडा नम्बर ४ का रुपनारायण शाह, वडा नम्बर ७ का मणि खड्का, सोही वडाका राजु दर्जी पक्राउ परेका छन्।

यस्तै, वडा नम्बर ७ बस्ने सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, वडा नम्बर ११ का राजेन्द्र बुबर, वडा नम्बर ४ का मनोज शाह, वडा नम्बर ९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का हरि राजवंशी पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाको सूचना शाखाले जनाएको छ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

शुक्रबार बिहान साढे १ बजे उनीहरूलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो। दमक प्रहरीले पक्राउ गरेपछि थप बल इलाका प्रहरी कार्यालय झिलझिलेबाट बोलाइएको प्रहरी स्रोतले बताएको छ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस