काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर देखिएको विवाद र दुई अलग–अलग महाधिवेशनतर्फ अघि बढिरहेको घटनाक्रमबीच कालिकोटका कांग्रेस नेता तथा निवर्तमान केन्द्रीय सदस्य एवम् सूचना,सञ्चार तथा प्रचार प्रसार विभाग सदस्य योगी अशोकनाथ योगीले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी एकताका लागि संवाद र अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
योगीले देउवालाई सामाजिक संज्यालमा सम्बोधन गर्दै सार्वजनिक गरेको अपिलमा देउवाको लामो राजनीतिक योगदान र पार्टी तथा लोकतान्त्रिक आन्दोलनमा रहेको भूमिकाको सम्मान गर्दै अहिलेको आग्रह आलोचनाभन्दा बढी आत्मीय चिन्ता र पार्टी एकताको भावनाबाट गरिएको उल्लेख गरेका छन्।
उनले देउवालाई आफू वरिपरिको घेराभन्दा माथि उठेर पार्टीको वास्तविक अवस्था, कार्यकर्ताको भावना र इतिहासले दिएको जिम्मेवारीलाई आफ्नै विवेकबाट सुन्न आग्रह गरेका छन्। पद र प्रतिष्ठाभन्दा माथि उठेर सम्पूर्ण नेपाली कांग्रेसको अभिभावक र मार्गदर्शकका रूपमा भूमिका निर्वाह गर्ने अवसर अझै बाँकी रहेको योगीले उल्लेख गरेका छन् ।
योगीले एकताको अपिलका लागि बोलाइएको भेलालाई विवादित विषय घोषणा गर्ने मञ्चका रूपमा अघि बढाइएको भन्दै आफूलगायत केही नेता–कार्यकर्ता असहमत भएर बाहिरिएको बताएका छन्।
उनका अनुसार पार्टीभित्र विवाद बढाउनेभन्दा संवाद र सहमतिको वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो। ‘यो बाटो पार्टी बलियो बनाउने बाटो होइन, विभाजनतर्फ जाने बाटो हो,’ उनले उल्लेख गरेका छन्।
योगीले कांग्रेसभित्रको वर्तमान विवादमा कसले जित्ने भन्नेभन्दा ‘कांग्रेस कसरी जोगाउने र कसरी जोड्ने’ भन्ने प्रश्न महत्वपूर्ण रहेको बताएका छन्।
कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी देउवासहित अग्रज नेतासँग संवाद सुरु गर्न सभापति गगन थापालाई आग्रह गरेको विषय सार्वजनिक भएको थियो । खड्काले दुई अलग–अलग महाधिवेशन भए पार्टी एकता जोगाउन कठिन हुने धारणा सार्वजनिक गरेका छन्।
यसअघि देउवा र खड्काले महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले भने महाधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।
सम्बन्धित समाचार
रास्कोट कांग्रेस नगरसभापतिमा संज्याल सर्वसम्मत
उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव हुने अभिव्यक्ति दिएकी उद्योगमन्त्री यादवले दिइन् राजीनामा
उद्योगमन्त्रीमा सुनसरीका साह सिफारिस
प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई पक्राउ गरी छानबिन गर्न जेनजी मुभमेन्टको माग
अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा पराजुली नियुक्त
संरचना बन्लान्, मुर्झाएका मन फेरि फक्रेलान् ?
बालेन सरकार बनेदेखि मौलापुरमा तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु





