तनहुँमा बन्चरो प्रहार गरेर श्रीमतिको हत्या

तनहुँ । आफ्नै श्रीमती ३९ वर्षीया प्रतिक्षा श्रेष्ठको हत्या गरेको अभियोगमा भानु नगरपालिका-८ गैरीफाँट बस्ने ४२ वर्षीय ओम नारायण श्रेष्ठलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

ओम नारायणले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा प्रतिक्षा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएकी प्रतिक्षाको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयर बन्न २३ जनाको मनोनयन