सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ग्ला नजिक शुक्रबार दिउँसो फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार भिरालो ठाउँमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। घाइतेहरूलाई प्रदेश अस्पताल पठाइएको छ। गाडीमा ३० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ। घटना’bout थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)






