१३ हजार ट्रामाडोल क्याप्सुल सहित युवा पक्राउ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरले विशेष सर्च अप्रेशनको क्रममा ठूलो मात्रामा लागुऔषधसहित एक कारोबारीलाई पक्राउ गरेको छ। १९ वर्षीय सिकन्दर चौहानलाई १३ हजार ट्रामाडोल क्याप्सुलसहित पक्राउ गरिएको हो।

कृष्णनगर प्रहरीलाई मङ्गलबार राति ९ बजे ठूलो मात्रामा लागुऔषध नेपाल भित्रिने सूचना प्राप्त भएको थियो। त्यसपछि, एक विशेष टोली बनाएर सर्च अप्रेशन चलाइएको थियो। उक्त अप्रेशनका क्रममा कृष्णनगर ३ हनुमान गढी क्षेत्रबाट चौहानलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार, “ठूलो परिमाणमा लागुऔषध नेपाल भित्रन लागेको सूचनाको आधारमा प्रहरी परिचालन गरिएको थियो, र सोहीअनुसार यस कार्यमा सफलता हात लागेको हो।” चौहानको बयानका आधारमा अन्य स्थानमा समेत लुकाएर राखिएका थप ट्रामाडोल क्याप्सुलहरू बरामद भएको प्रहरीको भनाइ छ।

यसअघि पनि कृष्णनगर प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित अन्य कारोबारीलाई पक्राउ गरेको थियो। प्रहरीको लगातारको निगरानी र सर्च अप्रेशनले लागुऔषध नियन्त्रणमा सघाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उपमहानगरपालिकामा कांग्रेस—एमाले बराबर