शाइन रेसुङ्गा बैंकद्वारा थानापति निमाविलाई कम्प्युटर प्रदान

गुल्मी । मालिका गाउँपालिका वडा नम्बर ८ स्थित शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शाखाले विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सोही वडाको थानपती निम्न माध्यमिक विद्यालयलाई एक सेट कम्प्युटर प्रदान गरेको हो ।

विद्यालयको आवश्यकता र माग अनुसार कम्प्युटर दिईएको शाखाका प्रमुख दिपक पाण्डेले बताए । सोमबार एक कार्यक्रमका बीच शाखा प्रमुख पाण्डेले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको विद्यालयका सूचना अधिकारी राजु पौडेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष देवीरामले बैंकलाई धन्यवाद दिए । बैंकको सहयोगले सूचना प्रविधि क्षेत्रमा टेवा पुग्ने सँगै विद्यार्थीलाई सिकाउन गाह्रो भइरहेको थियो । तर अब बैंकले कम्युटर दिएसँगै सिकाईमा सहज हुने विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबि खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ