सुपा देउराली मन्दिरसम्म केवलकार संचालन गर्नुपर्छ: पूर्वमन्त्री आचार्य

कपिलवस्तु । पूर्वमन्त्री तथा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का संघिय सांसद सुरेन्द्रराज आचार्यले पर्यटकीय विकासकालागि सुपा देउराली मन्दिर सम्म केवल कार संचालन गर्नु बताएका छन। कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा संचालित चौथो बुद्धभूमि कृषि ब्यापारिक, सांस्कृतिक पर्यटन तथा औधोगिक महोत्सवको उद्घाटन समारोहमा बोल्दै आचार्यले यस्तो बताएका हुन्।

तौलिहवा उद्योग वाणिज्य संघ, बुद्धभूमि उद्योग वाणिज्य संघ र चुत्रावेशी उद्योग वाणिज्य संघले सहकार्य गरेर सुपादेउराली सम्म केवलकार जोड्नुपर्ने बताए । दैनिक हजारौ भक्तजन आउने सुपा देउराली मन्दिरमा हजारौ भारतीय पर्यटक आउने गरेको भन्दै उनिहरुलाई उचित बासस्थानको ब्यवस्थागर्न सकेमा यसले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने पुर्व मंत्री आचार्यले बताए।

जिल्लामा संचालन हुने यस्ता महोत्सवले नाचगान मात्र नभई यहाका कला संस्कृति, स्थानीय उत्पादनहरु प्रर्दशन गर्न सकेमा मेलाको औचित्य रहने बताउदै उनले यहाँका कृषि उत्पादन, हस्तकला बाट निर्माण गरेका बस्तुहरु साथै किसानले उत्पादन गरेका अर्गानिक तरकारी सहजै विक्रि गर्न सकिने यसबाट आम नागरिकको आयआर्जनको जोहो गर्न सकिने जनाए ।

महोत्सवमा १५० बढी स्टल रहेका छन् । मंसिर ६ गतेबाट संचालन भएको महोत्सव १७ गतेसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रचण्ड र देउवाले आज जनकपुरमा सम्बाेधन गर्ने