धनगढीद्वारा महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान

धनगढी । धनगढी उपमहानगरपालिकाले विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । दुई जना खेलाडी र एकजना सहायक प्रशिक्षकलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।

उपमहानगरपालिकाले एक कार्यक्रमका बीच खेलाडीहरु स्नेहा महरा र सावित्री धामी तथा सहायक प्रशिक्षक जानकीकुमारी भट्टलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकलाकुमारी रानाले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रोत्साहन गर्न सम्मान गरिएको बताइन् ।

सम्मानस्वरुप दुवैजना खेलाडीलाई जनही १५ हजार तथा सहायक प्रशिक्षकलाई १० हजार रुपैयाँ नगद प्रदान गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

सम्मान कार्यक्रमअघि खेलाडी र प्रशिक्षकलाई कार्यालय परिसरमा फूलमाला र बाजागाजासहित स्वागत गरिएको थियो । गत महिना युएइमा भएको आइसिसी अण्डर १९ महिला विश्वकपको एसिया छनोटमा युएइलाई हराउँदै नेपाल विश्वकपमा पुगेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 248 times, 1 visits today)

epaper

ताजा समाचार

यसरी गरौ फोहोरमैलाको दिगो व्यवस्थापन