दैलेख । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनले देश पुरै बन्दाबन्दीमा छ । एक जिल्लादेखी अर्को जिल्ला एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एकवडादेखि अर्को वडामा अतिआवश्यक कामबाहेक आवत–जावतमा बन्द गरिएको छ । शहर बन्दा बन्दीले सुनसान भएको छ भने गाउँघरमा गहुँबाली भित्राउने चटारो छ ।
तर कोरोनोका त्रास सँगै कर्णाली प्रदेश सरकारले सुदुरपश्चिम प्रदेशबाट आवतजावतमा बन्द गरेको छ । नाकावन्दीले तल्लो डुगेश्वर, रामाघाट, पादुका टुनीवगर राकम र खिड्कीज्यूला बजारमा खाद्यान्न किनमेल अछाम जिल्लाका तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिकामा बासिन्दा रहेका छन् ।
तुर्माखाँद गाउँपालिकाको रहफ, भुलु, भैरवस्थान, तोषी, धमाली, रानीवन छन् भने कमलबजारको नगरपालिकाको बेलखेत, पञ्चदेवल विनायक नगरपालिकाको लयाँटी, बाराला, भानाकोट ,चिल्तडाका बासिन्दा नाकावन्दीले गर्दा प्रत्यक्ष मारमा परेका छन् । ती ठाउँका बासिन्दा कर्णाली प्रदेशको दैलेख जिल्लाका बजारबाट खाद्यान्न किनबेच नगरे चुल्हो बल्दैन । ती ठाउँका मानिसलाई आफ्नो गाउँपालिका भन्दा दैलेख जिल्लाका बजार नजिक छन् । पहिलेदेखी नै त्यहाँका बासिन्दा दैलेखबाटै कारोबार गर्ने गरेका छन् ।

बन्दाबन्दीका मारमा सबैभन्दा बढी अहिले तुर्माखाँद गाउँपालिका –१ का रहफबासी प्रत्यक्ष लकडाउनको मारमा परेका छन् । गाउँपालिका जान रहफबाट पैदल एक दिनमा गाउँपालिकाको मुकाममा पुगिन्छ । रहफ अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन । अधिकांश मानिस परम्परागत खेती प्रणाली र भारतकै ज्याला मजदुरीमा जीवनयापन गरिरहेका छन् । कोही गाउँमा एक्कासि बिरामी भयो भने झारफुकबाहेक विकल्प छैन् ।
चामल किन्न त दुई तिन घन्टा पैदल भिरपाखा छिचोल्नु पर्ने पुस्तौँदेखिको समस्या । यति मात्र हैन्, नत कुनै कुरामा आत्मनिर्भर नै ठाउँ नत राज्यका सेवा सुविधा नै प्रयोग गर्न पाउँछन् । थुप्रै समस्याले थला परेका रहफबासिका दुःखमाथि दुःख थपिदिएको छ, लकडाउनले । वडातहमा आजत–जावत हुने दुई नाका बन्द हुँदा रहफबासीमा अहिले दैनिक अत्यावश्यक आवाश्यकता पुर्तिका लागि असहज वातावे छ ।
दैलेखको दुल्लु नगरपालिकाले तल्लो डुङ्गेश्वर–रहफ जोड्ने झोलुङ्गे पुलमा नाका वन्दी हुँदा सिङ्गो रहफबासिलाई दैनिक उपभोग्य सामाग्री किन्न समस्या छ । ‘हाम्रो एकमात्र व्यापारी केन्द्र भनेको नै कर्णाली पारी दैलेखको डुङ्गेश्वर हो,’ स्थानीय प्रेमबहादुर शाहीले भने्,‘ त्यही नाका लक हुँदा घरमा भएको चामल, नुन, तेल सकियो भने कहाँ देखि ल्याउने भन्ने चिन्ताले पिरोलिरहेको छ ।’ गाउँपालिकाको केन्द्र जान तीन दिन लाग्छ ,’उनले भने्, तीन घण्टा पैदल ओरालो–उकालो हिँडेरै भएपनि डुङ्गेश्वर जान्थेम,“सरकारले नाकावन्दी गरे के भो त मनवन्दी भएको छैन”। ,चामल सकिने वित्तिकै दैलेख जानुपर्छ, ।रोग भन्दा पनि भोकले मरिने चिन्ता छ ,शाहीले भने ’
त्यसैगरि वडा सदस्य समेत रहेकी स्थानीय मैनकला रावलले ‘लकडाउनले दुःख माथि दुःख थपेको गुनासो सुनाईन् ।’ गाउँका युवाहरु जति रोजगारीको शिलसिलामा भारत गएका छन्,‘हामी महिला कन् क्या आई प¥यो । अरु ठाउँबाट खाद्यान्न ढुवानी गरिसक्ने अबस्था पनि छैन् । चारैतिर नदी छ, २ ठाउँमा भएका झोलुङ्गे पुल बन्द छन् ।

लकडाउन थपिएकाले निकै समस्या थपिएको छ ,’उनले भनिन् । रोग आयो भनेर पुल बन्द भया हामीकन् रोग र भोग दुबै आयो । साबुन वितरण गरेर के गर्नु पानी ल्याउन् नै एक घण्टा टाढा जानुपर्छ । वडाभरी ४ हजार ३ सय जनसँख्या रहेको छ, भने ८ सय ३१ घरधुरी सँख्या रहेको वडा सचिव जनक थापाले जानकारी दिए । दलित जनजाती, क्षेत्री ठकुरी लगायत जातजातिहरुको बसोबास रहेको यहाँ दलित, क्षेत्रीहरुको बाहुल्यता धेरै छ ।
८० प्रतिशत युवाहरु रोजगारीका शिलसिलामा भारत छन्, लकडाउन हुनु भन्दा पहिला मात्र ३५ जना जति गाँउ फर्किएको वडापालिका संग तथ्याङ्क छ । सचिव थापाका अनुसार दुर्गम क्षेत्र भएकाले समस्या समाधान गर्न कठिनाई छ । वडातहबाट केही पहल गरेपनि नाका बन्द छन् । ‘भाइरसबाट बच्नका लागि ४ हजार १ सय मास्क, ८ सय २१ जति हातधुने साबुन वितरण गरियो, गाउँगाउँमा सचेतनाका लागि माईकिङ् गरियो, ५ बेडको विद्यालयका क्वारेन्टाईन पनि बनाइयो,’वडा अध्यक्ष थिरबहादुर रावलले भने, ‘वडाले केही दिन अघि मात्र ७२ जनालाई केही मात्रामा वितरण गरेको राहत पनि एकजना साहु सँग सम्पर्क गरेर साहुले झोलुङ्गे पुल सम्म बोकेर ल्याईदिनुभयो हामीले त्यहाँबाट बोकेर ल्याएका थियौँ ।’
त्यही राहत पनि प्रहरी, वडाका कर्मचारी र दुल्लु नगरपालिका संग समन्वय गरेर ल्याईएको हो,‘तर अहिले त पुर्ण रुपमा बन्द गरिएको उनले बताए । ‘हाम्रो अबस्था नाजुक छ, सबैभन्दा ठुलो चुनौती भनेको स्वास्थ्य क्षेत्रको छ्, एम्बुलेन्स पनि छैन्, भएपनि सडक छैन्, एक दुईजना अहेव मात्र हुनुहुन्छ,’ वडा अध्यक्ष रावले भन्छन्, यो विषम परिस्थितीमा ठुलो महासंकट देखिने अबस्था छ । ‘अहिले त्यति समस्या केही नदेखिएर मात्र हामी बचेको आभाष पाईरेहका छौँ ।’ जिल्ला मुकाम देखि करिब ३५ कोष भन्दा धेरै टाढा रहेको यो ठाउँको भौगोलिक विकटता नै मुख्य समस्या भएको रावले बताए ।
तुुर्माखाँद गाउँपालिकाले दुल्लु नगरपालिका सँग र अछामको प्रमुख जिल्ला अधिकारीले दैलेखको जिल्ला अधिकारीसँग सम्पर्क गरी अत्यावश्यक बस्तुका लागि नाका खोल्ने समन्वयन भइरहेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भण्डारीले पहिलो चरणमा केही मात्रामा राहत वितरण भएको र थप राहत वितरणका लागि पहल भईरहेको बताए । ‘गाउँपालिकाका प्राय वडातहका नागरिकले अत्यावश्यक कामका लागि दैलेख सिमानातर्फ नै जानुपर्ने छ,’ उनले भने । ‘समस्या भएको खण्डमा हामी पनि पहल गर्छौँ ।’
सुदुरपश्चिम प्रदेशसंग जोडिएका पुल बन्द
केही समय पहिले कैलालीमा कोरोनाका बिरामी भेटिएपछि दैलेख र सुदूरपश्चिम सँग सिमाना जोडिएका दैलेख पश्चिमका सम्पुर्ण नाका बन्द गरिएको हो । आठबीस नगरपालिका, चामुण्डाबिन्द्रासैनि नगरपालिक,दुल्लु नगरपालिकाले अछाम संग सिमाना जोडिएका सम्पुर्ण पुलहरुमा आवत–जावत बन्द गराएको जनाएका छन् । दैलेख सँग सिमाना जोडिएका कर्णाली नदीमा पर्ने तल्लो डुंगेश्वर –अछामको रफ, पालेतडा, जाक्सा, रामघाट पादुका खोला, टुनिबगर, राकम कर्णाली लगायतका पुलहरु बन्द गरिएको सम्बन्धीत पालिकाका प्रमुखहरुले जनाएका छन् ।






