महोत्सव स्थलमै रक्तदान

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि २ गोरुसिङ्गेमा संचालित चौथो बुद्धभूमि महोत्सवमा रक्तदान गरिएको छ। महोत्सव स्थलमा मान्छेहरुको भीडभाड रहने र रक्तदान गर्ने मान्छेहरु धेरै रहने भएकाले रगतको अभावलाइ मध्य नजर गर्दै रक्तदान कार्यक्रम गरेको बुद्धभूमि उद्योग बाणिज्य संघका महासचिव हरिलाल अधिकारीले बताए ।

‘महोत्सव अवलोकन गर्नेहरुलाइ लक्षित गरेर नेपाल रेड क्रस सोसाइटि तौलिहवा शाखाको समन्वयनमा १५ पोइन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक दुर्गा रिजालले बताए। चौथो बुद्धभूमि महोत्सवमा निशुल्क आखाँ स्वास्थ्य जाच, स्वास्थ्य सिविर, ट्राफिक सचेतनाका कार्यक्रम समेत गरिएको संघका अध्यक्ष शुभलाल भुसालले बताए। मंसिर ६ देखि सुरु भएको महोत्सवम १७ गते सम्म संचालन हुने छ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ