धनगढीका रिटायर्ड शिक्षक १२ कक्षामा पढ्दै

धनगढी । कैलालीको धनगढीका रिटायर्ड शिक्षक कानुन पढ्न थालेका छन् । बझाङको बुंगल नगरपालिका वडा नम्बर ६, दान्तोली जन्मघर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगरका गणेशबहादुर सिंह ६५ वर्षको उमेरमा कलेज भर्ना भएका हुन् ।

२०१७ माघ ७ गते जन्मिएका सिंहले औपचारिक शिक्षाको सुरुवात २०२५ सालमा गरेका थिए । २०४१ सालमा स्थायी नियुक्ति पाएर शिक्षण पेसामा प्रवेश गरेका उनले ३६ वर्षसम्म अध्यापन गराए । २०५१ सालदेखि २०७७ सालसम्म विद्यालयको प्रधानाध्यापक पनि भए ।

सिंह २०८० मा ११ मा धनगढीको एसपीए कलेजमा भर्ना भएका थिए । हाल उनी कक्षा १२ मा कानुन विषय अध्ययन गरिरहेका छन् । उनी भन्छन्, ‘स्वर्गीय हजुरबुवा कल्याणसिंह र ९० वर्षीय पिता अंगबहादुर सिंह तथा ८५ वर्षीय आमा तुलनादेवी सिंहको आशीर्वाद र प्रेरणाले यो अवसर पाएको छु ।’

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने