सुन्तला बिक्री गर्ने तयारीमा गुल्मीका किसान

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधाराका विष्णु प्रसाद खनालको सुन्तला खेती पुख्र्यौली पेशा हो । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कुल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । बाँकी छ सय बिरुवाले अर्को बर्षबाट क्रशमः उत्पादन दिनेछन् ।

गत बर्ष उनले २६ टन सुन्तलाबाट १३ लाख रुपैँया आम्दानी गरेका थिए । साना–ठुला गरी सबै दाना बगँैचाबाट नै प्रति केजी ५० रुपैँयामा बिक्री गरेको खनालले सुनाए । यो बर्ष सुन्तलाको उत्पादन राम्रो भएकोले गत बर्षभन्दा बढी आम्दानी हुने उनले बताए । यो बर्ष पनि उनले सुन्तला बिक्री गर्ने तयारीमा छन् ।

पेशाले शिक्षक रहेका विष्णुले सुन्तलाको बिरुवाको लागि आफ्नै बारीमा नर्सरीको स्थापना गरेका छन् । गत बर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा उनले सिँचाईको लागि पोखरी समेत निर्माण गरेका छन् । ‘सानैदेखि व्यवसायिक बन्ने सोच थियो ।’ उनले भने, ‘दिउँसोमा विद्यालय भएपनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा लगाउछु ।’ उनको फर्मबाट परिवारका सदस्यबाट हुने श्रम बाहेक बार्षिक तीन सय दिन रोजगारी समेत सिर्जना हुने गर्दछ

पिपलधाराका वडाध्यक्ष बाबुराम खड्मा पनि सुन्तला कृषक हुन् । उनले यो बर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा लगाए । केही बर्ष पहिले आठसय बिरुवा लगाएका थिए । उनको पनि पुख्र्यौली पेशा सुन्तला खेती भएकोले अहिले ३५० बोटले उत्पादन दिइरहेका छन् । ४० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका उनले सुन्तला रेखदेखको लागि एकजनालाई रोजगारी समेत दिएका छन् ।

सुन्तला राम्रो उत्पादन हुँदा प्रतिबोट चार सय दानासम्म उत्पादन हुने उनले बताए । ‘लगाएका सबै बिरुवा फल्दा १८ हजार क्विन्टल सुन्तला उत्पादन हुन्छ ।’ उनले भने, ‘यसबाट अहिलेको बजार मूल्यअनुसार ६० लाखको आम्दानी हुन्छ ।’ जसमा खर्च २० लाख कटाउदा पनि बाँकी ४० लाख नाफा हुने वडाध्यक्ष खड्काले बताए । राजनीति गरेर मात्रै जिवन नचल्ने भएकोले आफुले पुख्र्यौली पेशालाई व्यवसायिकरण गरेको बताए । ‘राजनीतिक नेताहरुको व्यवसाय नहुँदा नागरिकले शंका गर्छन् ।’ उनले भने, ‘कृषिसँगै जनसेवा गर्ने चाहाना छ ।’

स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । विगतदेखि नै सुन्तला खेती गर्दै आएका केशव अहिले थप व्यवसायिक भएका छन् । गत बर्ष मात्रै उनले ९० क्विन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गरेका थिए । गत बर्ष उनको बगैँचाबाट प्रति केजी ५५ रुपँैयामा सुन्तला बिक्री भएको थियो ।

अहिले पनि उनको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही बर्षमा फल दिनेछन् । उनले चक्लाबन्दी गरेर पनि सुन्तलाका बिरुवा लगाएका छन् । निकट भविष्यमा उनीसँग भएका सबै बिरुवा फल्दा डेढ सय क्विन्टलभन्दा बढी सुन्तला फल्छन् । जसबाट उनको आम्दानीमा पनि उल्लेख्य बृद्धि हुनेछ । ‘बजार मूल्यभन्दा कम मूल्य पाउछौँ ।’ उनले भने, बगैँचाबाटै सुन्तला बिक्री हुन्छ ।’

चार करोडको सुन्तला निर्यात
पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट एरियाको रुपमा निर्धारण गरिएको छ । उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको व्यापारिहरु बगैँचामै आउने गर्दछन् ।

पिपलधाराको सुन्तला स्थानीय बजार हुदैँ तम्घास, अर्घाखाँची, पाल्पा, बुटबल लगायतका स्थानमा पुग्ने गर्दछन् । यो बर्ष पनि केही दिनभित्रै सुन्तला निर्यात गर्ने तयारी भइरहेको वडाध्यक्ष खड्काले बताए । ‘सुन्तलाको बजारीकरणको लागि कुनै समस्या छैन ।’ वडाध्यक्ष खड्काले भने, ‘पिपलधाराको पहिचान नै सुन्तलाबाट बनेको छ ।’ गत बर्ष मात्रै पिपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो बर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने वडाध्यक्ष बाबुराम खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाह : साना कुरा गर्दै ठूलो सपना देखाउँदै