अष्ट्रेलियामा अब १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

सिड्नी । अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जाल चलाउन नपाउने भएका छन्। अस्ट्रेलियाको संसदले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने कानुन पारित गरेसँगै यो नियम लागू भएको हो।

यो नियमलाई विश्वमा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरूलाई लक्षित गरी सबैभन्दा कडामध्ये एक मानिएको छ। बिहीबार सिनेटले पारित गरेको कानुनले १६ वर्षमुनिका व्यक्तिहरूलाई सामाजिक सञ्जालमा खाता खोल्नबाट रोक लगाएलगत्तै इन्स्टाग्राम, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जाललाई ठूलो नोक्सानी हुनेछ।

बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्ने कानुन लागू गराउन नसकेमा अष्ट्रेलियन डलर ५० मिलियनसम्म जरिवाना सामाजिक सञ्जाल कम्पनीहरूलाई हुनेछ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले विधेयकको समर्थन गरेका छन्। सो कानुन पारित भएलगत्तै अभिभावकहरूले खुसियालीमा जुलुससमेत गरेका छन्।

प्रधानमन्त्री अल्बानीजले भनेका छन् कि अब अष्ट्रेलियाली बालबालिकाहरू आफ्ना फोनहरू बन्द गरेर फुटबल र क्रिकेट मैदान, टेनिस र नेटबल कोर्टमा, स्वीमिङ पुलमा पुग्नेछन्।

गोपनीयता सम्बन्धी समर्थक र केही बाल अधिकार समूहहरूले विधेयकको विरोध गरे पनि ७७ प्रतिशत जनताले १६ वर्षभन्दा कम उमेरकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध लगाउने संसदको निर्णयको स्वागत गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा एकीकृत समाजवादीको ५ सय मतान्तरले अग्रता