काठमाडौं । नृत्य कलाकार तथा अभिनेत्री कविता नेपालीले संसारकै उच्च शिखर सगरमाथाको आरोहण गर्ने भएकी छिन् । उनले सोमबार यो अभियानको घोषणा चलचित्र एक्लोको टिम मार्फत गरेकी हुन् । केही दिनदेखि खुम्बु आसपारका विभिन्न शिखरमा गएर उनी हिमाल आरोहणको प्रशिक्षण लिईरहेकी छिन् ।
हालै चलचित्र ‘एक्लो’को छायाँकन सकेर आफुु पर्वतारोहणको प्रशिक्षणमा व्यस्त रहेको पनि अभिनेत्री कविता नेपालीले बताएकी छिन् । यतिबेला आफु सगरमाथा आरोहणको लागि खुम्बु क्षेत्रमा आबस्यक पुर्व तयारीमा व्यस्त रहेको पनि उनले बताएकी छिन् ।
‘चलचित्र एक्लोको छायाँकनको लागी अपर मुस्ताङमा पुग्दा त्यहाँको हिमालहरु देखेर मलाई सुरुमा ती हिमालहरु चढ्न मन लाग्यो । हिमाल मात्र किन सगरमाथा चढ्ने सोच पलाएपछि मैले त्यहाँबाट फर्केपछि हिमाल आरोहणको प्रशिक्षण सुरु गरेको हुँ ।’
उनले सगरमाथा चढ्नु अघि अन्य हिमालहरु चढ्नु पर्ने र आबस्यक तालिम लिन सुरु गरेकी छिन् । केही समयदेखि सगरमाथाको बेस क्याम्पमा रहेर खुम्बु क्षेत्रका शिखर आरोहणसहित आफु आरोहण प्रशिक्षणमा व्यस्त रहेको उनले फोन मार्फत सोमबार सञ्चारकर्मीलाई जानकारी गराएकी छिन् ।
आरोहण’bout उनले भनिन्,‘सगरमाथा चढ्नु जोखिम काम हो र अझै महिलाहरुको लागि त् झन् जोखिम हो । जोखिम काम सफलता गरेर नै आफ्नो र देशको नाम राख्ने मेरो चाहना रहेको छ ।’
उनी आगामी आरोहण सिजन चैत अन्तिम तथा बैशाखमा सगरमाथा शिखरमा जाने लक्ष्यमा छिन् । उनलाई सगरमाथा चढ्नको लागि चलचित्र एक्लोको निर्माण टिमले पनि केही सहयोग गर्ने भएको छ,‘कविता नेपालीलाई सगरमाथा चढ्न चलचित्र एक्लो निर्माण टिमले पनि आबस्यक सहयोग गर्ने तयारी गर्दैछ । हामी उनलाई आर्थिक, कानुनी तथा विभिन्न सहयोगको तयारी गर्दैछौं ।’ सोमबार यो चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले सञ्चारकर्मीलाई बताए ।
डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी कविता नेपालीले सय भन्दा बढी म्युजिक भिडियो, वेव सिरिजमा काम गरि सकेकी छन् । उनि अभिनित पहिलो चलचित्र एक्लोको छायांकन सकेर युकेमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ ।