सुदुरपश्चिमसँग बिराटनगर ९२ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिराटनगर किंग्सले दोस्रो हार ब्योहोरेको छ । एनपीएल सुरू भएको तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९२ रनले पराजित गरेको हो ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा सिमित हुन पुगेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ बनाइको थियो । यसअघि बिराटनगर जनकपुर बोल्टससँग पराजित भएको थियो, जुन खेल उदघाटनका दिन खेलिएको थियो  । 

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम