बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा एक जना महिलाको मृत्यू भएको छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएका अन्दाजी ३१ वर्षया गायत्री पन्त रहेकी छन् ।

त्यस्तै दुर्घटनामा परेर गौमुल गाउँपालिकाका अन्दाजी २५ वर्षका रमेश धामी, कन्चन्पुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीया लोकेन्द्र पन्त, भीमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट, गुलरियाका मोहनदेव भट्ट रहेका छन् । घाइते ४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

आइतबार दिउँसो सुपप्र ०१००१ च ४३१६ गाडी बडीमालिका नगरपालिका ८ को अपी होटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

हिमालीमा जिप दुर्घटना ७ घाइते
जिल्लाको हिमाली गाउँपालिका वडा न ६ स्थित धिम गाउँमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् ।

धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना भई ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते ७ जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनामा परेका घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडी अनिनयन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलैयामा मनोनयन प्रक्रिया सुरू