‘बीआरआइ फ्रेमवर्कमा सम्झौता, एमालेको सफलता’

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निस्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ ।

हिजो मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निस्कर्ष निकालेको हो । बैठकपछि बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताए ।

उनले नेपाल—चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निस्कर्ष निकालेको बताए । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा भएको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ । सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा भएको सहमतिले बिआरआईलाई निस्कर्षमा पु-याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निस्कर्ष एमालेको छ । बिआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने एमालेको भनाइ छ ।

उनले भने, ‘प्रधानमन्त्रीज्युको हालै सम्पन्न चीन भ्रमण, त्यसमा भएको सम्झौता, त्यसले नेपाल—चीन सम्बन्धमा पार्ने प्रभावहरुको ’boutमा समीक्षा गरेका छौँ । भ्रमण निकै सफल भएको निस्कर्ष निकालेका छौँ । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा जुन सम्झौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निस्कर्ष निकालेको छ ।’

‘सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा जुन ढंगको अण्डरस्ट्याण्डिङ बनेको छ, यसले बिआरआईलाई निस्कर्षमा पुयाउन त सहयोग गरेको छ नै भोलिका दिनमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा एउटा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको छ । भ्रमण निकै सफल रहेको निस्कर्षसहित बधाई ज्ञापन गरेका छौँ । दुवै देशले भएका सहमतिको शिघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्ने हाम्रो निस्कर्ष छ । मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेका छौँ ‘ उपमहासचिव ज्ञवालीले भने ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !