बुवा र भाइको हत्या ‘मैँले गरेको हुँ’ भन्दै जेठो छोराले गरे आत्मसमर्पण

भक्तपुर । सूर्य विनायक नगरपालिका वडा नं. २ बालकोट फिकाधारा स्थित भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोराले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।

डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मङ्गलवार काठमाडौं महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । खोटाङ रुपाकोट मजुवा गढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य थिएनन् ।

घटनामा जेठो छोराको संलग्नता हुन सक्ने आशङ्का छ । गत शनिवार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन भएका थिए । उनका बाबु र भाइको शव डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा बाहिरबाट ताला लगाइएको अवस्थामा फेला पारेको थियो ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई निजहरू मृत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा केनाईन काठमाण्डौंबाट कुकुर र फरेन्सीक डाक्टरसहितको प्रहरी टोली खटिई अनुसन्धानमा जुटेको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

epaper

ताजा समाचार

आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध