कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको छ । सो बैंकलाई समस्याग्रस्त घोषणा गर्दै बैंकको सञ्चालक समिति खारेज गर्दै केन्द्रीय बैंकले व्यवस्थापन सम्हालेको छ ।

राष्ट्र बैंकले गर्‍यो टेकओभर

समस्या उन्मुख भएपछि नै केन्द्रीय बैंकले निक्षेप परिचालन र कर्जा प्रवाहमा रोक लगाएकामा अहिले आएर व्यवस्थापन नै हस्तक्षेप गरेको हो । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको निर्णयानुसार अब राष्ट्र बैंकले नै कर्णाली विकास बैंकको सञ्चालन र व्यवस्थापन गर्नेछ ।

राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(ख) बमोजिम संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६(ग) बमोजिम कर्णाली विकास बैंक लिमिटेडको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ । यसका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समितिसमेत गठन गरेको छ ।

समितिमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगलकिशोर कुशवाहा रहेका छन् ।

समितिले बिहीबार (आज)देखि नै बैंकको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । सो समितिले नै संस्थाको विशेष साधारणसभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेगरी अख्तियारी पाएको छ ।

समितिलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यु डेलिजेन्स अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउने लगायत अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपालगन्जमा रहेको कर्णाली विकास बैंकले तोकिएबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले गत ११ मंसिरमा शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।

तर, बैंकमा आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको राष्ट्र बैंकले औंल्याएको छ ।

कर्णाली बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकाले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी