रश्मिलाज फेसियल हाउसको जेष्ठ नागरिकलाई न्यानो कपडा

काठमाडौं । काठमाडौंको बिजी मल, बुद्ध मल र काठमाडौं मलमा रहेको रश्मिलाज फेसियल हाउसले जेष्ठ नागरिकहरुलाई मिष्ठ भोजनसहित आर्थिक सहयोग गरेर आफ्नो १७ औं वार्षिक उत्सब मनाएको छ ।

पुरानो फेसियल हाउसको रुपमा परिचित यसले बुधबार बिहान गोंगबु आवासमा अवस्थित मानवसेवा आश्रमका ५३ जना अनाथ जेष्ठ नागरिक र साना बालबालिकाहरुको लागि न्यानो कपडा बितरण गरेको छ । कार्यक्रममा उनीहरुलाई मिष्ठान भोजन सहित आर्थिक सहयोग पनि प्रदान गरेको छ ।

बुधवार दिउँसो यो फेसियल हाउसले चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा आफ्ना उत्कृष्ट कर्मचारीहरुलाई सम्मानित तथा पुरस्कृत गर्दै १७ औं वार्षिक उत्सब मनायो ।

यो फेसियल हाउस १७ बर्ष अघि क्रिशमसको दिन स्थापना भएको थियो । त्यसपछिबाट हरेक वर्ष उत्कृष्ट सेवा दिने कर्मचारीलाई पुरस्कृत र सम्मानित गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले कार्यक्रममा बताईन् ।

यसपटक वार्षिक उत्सब समारोहमा रश्मिलाज फेसियल हाउसका प्रोफेसनल ब्युटिसियनहरू नुतन गिरि र चन्दा घिसिङलाई सम्मानित गरियो । यस्तै वर्षभरी विविध कार्यक्रममा सेवा गरेको भन्दै फोटो पत्रकार बद्री थापालाई कार्यक्रममा बिशेष सम्मान गरियो ।

लामो समयदेखि सेवारत बिभिन्न शाखामा व्यवस्थापक, हेयर डिजाईनर, मेकअप आर्टिष्ट र व्यूटिसियनहरुको रुपमा काम गर्दै आएका कर्मचारीलाई पनि कार्यक्रममा विभिन्न पुरस्कार र प्रसंसापत्र प्रदान गरियो ।

रश्मिलाज फेसियल हाउसका सञ्चालक प्रकाश कुमार श्रेष्ठले काठमाडौंका तीन वटा शाखाबाट यतिबेला ६५ जना व्युटिसियनहरुलाई आफुहरुले रोजगारी दिईरहेको बताए । ‘हामीले सेवासँगै वर्षेनी सैयौंलाई प्रशिक्षण लिएर यो पेशामा आत्मनिर्भर बनाएका छौं । धेरैलाई प्रशिक्षणपछि नेपालमै उधमी बनाउन पनि हामी सफल भएका छौं’, सञ्चालक प्रकाश कुमारले वार्षिक उत्सब समारोहमा भने ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले आफुले बिगत एक दशक भन्दा लामो समयदेखि रश्मिलाज फेसियल हाउसबाटै सेवा लिने गरेको जनाए । अन्तराष्ट्रिय स्तरको सेवा नेपालमा दिएको र नेपालमा गुणस्तरीय कस्मेटिक सामग्री उत्पादनमा समेत सफल भएकाकारण अहिलेसम्म पनि यो संस्थाले ग्राहकबाट साथ पाएको उनको कथन थियो ।

कार्यक्रममा बेन्डफर्ड अमेरिकाका उपमेयर रामचन्द्र श्रेष्ठ, निर्माण व्यवसायी संघ धादिङका पुर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, स्यायटल अमेरिकाका बुद्धिजंग कुँवर, भैरवी केवल धादिङका अध्यक्ष बद्रीकुमार श्रेष्ठलगायतले रश्मिलाज फेसियल हाउसले सौन्दर्य सेवामा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बेलौरी नगरपालिकाकाे मेयरमा चौधरी पुनः निर्वाचित