छत्रकोटमा जिपलाइन संचालन

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा जिपलाइन संचालन हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित देवालय मन्दिरदेखि देवी भगवती मन्दिरसम्म पुग्नेगरी जिपलाइन निर्माण गरिएको हो । ‘रुरु रेसुङ्गाको धार्मिक आश, छत्रकोटमा बसौँ बास’ भन्ने नीतिका साथ छत्रकोटलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यका साथ पालिकामा जिपलाईन निर्माण गरिएको अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

‘पालिकाभित्र रहेका धार्मिक एवं पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्दै पर्यटकमार्फत आम्दानी गर्ने लक्ष्य लिएका छौ ।’ पालिका अध्यक्ष पाण्डेले भने, ‘रोजगारी सिर्जनाकै लागि जिपलाइन निर्माण गरेका हौँ ।’ जिल्लामै पहिलो पटक निर्माण गरिएको जिपलाइनको शुक्रबारबाट औपचारिक रुपमा सुरुवात हुनेछ । पाण्डेले छत्रकोटले निर्माण गरेको जिपलाइन सबै मिलेर संचालन गर्नुपर्ने र अन्य पालिकाले पर्यटनका फरक पूर्वाधार बनाउनुपर्ने बताए ।

जिपलाइनमा दुई टावरबीचको दुरी नौ सय ६० मिटर रहेको छ भने कुल लम्बाई एक हजार ८० मिटर रहेको छ । त्यसैगरी दुई टावरबीचको उचाई ६७ मिटर रहेको छ । जिपलाइनमा प्रति सेकेण्ड १५ देखि २० मिटर दुरी पार गर्न सकिनेछ । जिपलाइनमा सुरु स्टेशनदेखि ५५ देखि ७७ सेकेण्डमा यात्रा पार गरिनेछ । पर्यटकको तौल अनुसारमा यात्रा पार गर्न लाग्ने समय फरक पर्नेछ । प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले बताए । जिपलाइन ८६ लाख ७३ हजार एक सय ४४ रुपैँयामा सानु सेतीदेवी कन्ट्रक्सन प्रा.लि.ले निर्माण सम्पन्न भएको हो ।

जिपलाइनमा यात्रा गर्नको लागि पालिकाबासीको लागि चार सय, विद्यार्थीहरुको लागि तीन सय, छत्रकोट भन्दा बाहिरका नागरिकको लागि पाँच सय तथा विदेशी नागरिकको लागि एक हजार पाँच सय रुपैँया शुल्क तोकिएको छ । जिपलाईनमा चढ्ने प्रत्येक पर्यटकको लागि १० लाखको बीमा समेत गरिएको छ । हाल पालिकाले नै संचालन गर्ने जिपलाइनको दीगो संचालनको लागि पालिकाले निजि क्षेत्रलाई दिनेगरी तयारी गरेको छ । यसको लागि केही दिनमै टेन्डर आह्वान गर्ने तयारी गरेको छ ।

जिपलाइन निर्माण भएसँगै स्थानीय पनि खुसि भएका छन् । जिपलाइनले स्थानीय उत्पादनको बजारीकरण, पर्यटक प्रवद्र्धनका साथै रोजगारी समेत सिर्जना हुने अपेक्षा स्थानीले गरेका छन् । ‘जिपलाइनले यस क्षेत्रमा थुप्रै मात्रामा रोजगारी सिर्जना गर्नेछ ।’ स्थानीय भुवन भुसालले भने । जिपलाइनको नजिकै रिडी–तम्घास सडक रहेको छ । त्यसैगरी बनभोजका लागि थुप्रै आन्तरिक पर्यटक धार्मिक आस्थाको रुपमा रहेको चोयघा मन्दिरमा पुग्ने गरेको र जिपलाइन मन्दिर नजिकै रहेकोले दीगो रुपमा संचालन हुने भुसालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा मेयरका उम्मेदवार धर्नामा