मकवानपुर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ५ बसन्तपुरमा बाघको आक्रमणमा एक बृद्धाको ज्यान गएको छ । आइतबार सांझ घाँस काट्न बारीको छेउमा गएकी ७२ बर्षीया कान्छीमाया रुम्बालाई बाघले आक्रमण गरेको मनहरी गाउँ पालिका वडा ५ को अध्यक्ष दिपेन्द्र ढकालले बताए ।
घाँस काट्न गएकि कान्छीमायाँ लामो समयसम्म पनि नफर्केपछि खोज्न गएका युवाहरुले कान्छीमायाँको मोबाइल कपडा छरपस्ट भेटेपछी पछ्याउँदै जांदा बाघले उनको शब छाडेर भागेको थियो ।
‘बाघले कान्छीमायालाई बोकेर हिँडेको हुनुपर्छ’, ५ नं वडाध्यक्ष अधिकारीले भने–‘भीडभाड देखेपछि बाघले लास छाडेर भागेको अनुमान गरिएको छ ।’ शवको टाउको तथा तिघ्राका भागको मासु बाघले लुछेको अबस्थामा रहेको उनले बताए ।
घटना स्थल मनहरी गाउँपालिका वडा नं ५ को कार्यालयबाट १ सय मिटर पश्चिमतर्फ पर्दछ । पर्सा बन्यजन्तु आरक्षसंग सिमना जोडिएको मनहरी गाउँपालिकामा बन्यजन्तुले पटक पटक दुख दिनेगरेको छ । जंगली हात्ती, गैडा बाघले अन्नबाली नाश गर्ने , घरपालुवा जनावर (गाईभैसी,बाख्र,रांगाहरू) खाने, घरमा भण्डारण गरिएको अन्नबाली र घर भत्काउनेलगायत मानवीय क्षती समेत गर्ने गरेको छ ।