मृत्यु संस्कारमा बन्यो गुरुङ चलचित्र प्युरी

काठमाडौं । गुरुङ संस्कृति अनुसार चेलीको मृत्य हुँदा माईतीले अनिवार्य रुपमा प्युरी (बत्ती) दिनुपर्छ । यदि मृत्यु भएकी चेलीको माईती छैन भने कसैलाई माईती बनाएर भए पनि प्युरी दिनुपर्छ । त्यो प्युरी दानपछि मात्र मृत चेलीको दाहसंस्कार गर्ने बाटो खुल्छ ।

यही संस्कृतिमा आधारित रहेर चलचित्र प्युरीको निर्माण गरिएको छ । मंसिरको दोश्रो साताबाट यो चलचित्रको लमजुङको दुधपोखरी गाउँपालिकामा यो चलचित्रको छायांकन सुरु गरिएको थियो । चलचित्रको पहिलो चरणको छायांकन सम्पन्न भएको यसका निर्देशक उमेश गुरुङले राजधानीलाई बताएका छन् । चलचित्रको केही प्रतिसत मात्र छायांकन बाँकी भएकाले त्यो छायांकन यसै साता काठमाडौंमा गरिने यसका निर्देशक गुरुङले बताएका छन् ।

लम्जुङबाट त्यहाँको छायांकन सकेर छायांकन युनिट यतिबेला काठमाडौं फर्किएको छ । यसैबीच गुरुङहरुको नयाँ वर्ष तमु ल्होसारको अबसर पारेर मंगलबार यो चलचित्रको फस्ट लुक्स (पोष्टर) पनि सार्वजनिक गरिएको छ ।

पछिल्लो समय आदिबासी जनजातिको मौलिक संस्कृति समेटिएका चलचित्रहरुले राम्रो व्यापार गरिरहेको छ । सोही कारण आफुहरुले पनि गुरुङ संस्कृति समेटेर चलचित्र प्युरी निर्माण गरेको उमेशले बताए । चलचित्र’bout उनले भने,‘मृत्युपछिको उपहारको रुपमा हामीले यो चलचित्र निर्माण गरेका छौं । मान्छेलाई बाँच्ने जति अधिकार छ, उसले मृत्यपछि मृत्यु संस्कारको अधिकार पनि पाउनु पर्छ भन्ने कथा हामीले यो चलचित्रमा उठान गरेका छौं’, निर्देशक उमेशले राजधानीलाई भने । नेपाली भाषामा निर्माण गरिएको यो चलचित्रले गुरुङ संस्कृतिको विभिन्न पाटालाई पनि समेटिएको उनले बताए ।

‘गुृरुङ भाषामै गुरुङ चलचित्रहरु निर्माणको क्रम बढे पनि यस्ता चलचित्रहरु राष्ट्रिय रुपमा नेपाली भाषामा निर्माण हुन सकेको छैन । त्यसैले हामीले यो चलचित्रलाई नेपाली भाषामै निर्माण गरिएको हो ।’ निर्देेशक उमेशले बताए ।

यो चलचित्र मार्फत पूर्वमिस नेपाल उषा खड्गीले नायिकाको रुपमा डेब्यु गर्दैछिन् । लामो समयदेखि मोडलिङ गर्दै आएकी उषाले यो चलचित्रमा आफुलाई दिईएको शिर्ष भूमिका निकै राम्रो भएका कारण प्युरीमार्फत डेब्यु गर्न लागेको बताईन् । उनलाई यस अघि पनि नायिकाको प्रस्ताव आएको थियो । तर यसपटकको कथा प्रभावशाली रहेको उनले बताईन् । चलचित्रमा उनी अभिनेता धिरेन शाक्यको जोडी बनेर प्रस्तुत हुँदैछन् ।

चलचित्रमा धिरेन र उषासँगै उमेश गुरुङ, मौसम गुरुङ, कविता आलेमगर, आनन्द गुरुङ, रिना गुरुङ, राजु गुरुङ, किरण गुरुङ, नवराजजंग थापा, साम्या गुरुङलगायतको शिर्ष भूमिका रहेको छ ।

प्युरीलाई उमेश गुरुङ र रोशन श्रेष्ठले सँयुक्त निर्देशन गरिरहेका छन् । यो चलचित्रमा राजु किरातको द्धन्द्ध निर्देशन, खेम थापाको छायांकन, रोशन धितालको सम्पादन, तिलक बस्नेत र प्रिजँग गुरुङको संगीत रहेको छ । क्वालिटी फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण गरिएको यो चलचित्रको व्यवासयिक प्रदर्शनीसँगै विभिन्न अन्तराष्ट्रिय चलचित्र महोत्सवमा पनि सहभागी गराउने यसका निर्देशक उमेशले राजधानीलाई बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 761 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बृद्ध भत्ता अब जनताको घरदैलोमै : नगरप्रमुख लम्साल