सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिदबिक्री भएको थियो ।

 यता, आज चाँदीको भाउ भने बढेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

epaper

ताजा समाचार

ब्राजिललाई हाइटीले अपसेट गर्न सक्ला ?