काठमाडौं । बढ्दो नेपाली चलचित्रको निर्माणसँगै प्रदर्शनमा बेथिति देखिएपछि नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले नयाँ निर्णय गरेको छ । अब नयाँ चलचित्र निर्माताहरुले आफ्नो चलचित्र प्रदर्शनमा हलबाट विभिन्न सुविधा लिन निर्माता संघको सदस्यता अनिवार्य लिनु पर्ने निर्णय भएको छ । यस्तै चलचित्र घर सञ्चालक तथा वितरकहरुले पनि आफ्नो छाता संस्था नेपाल चलचित्र संघको सदस्यता अनिवार्य लिनु पर्ने भएको छ ।
नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले एक कार्यदल गठन गरेर मँगलबार यस्तो निर्णय गरेको हो । चलचित्र वितरण तथा प्रदर्शनलाई व्यबस्थित गर्नको लागि गठित कार्यदलमा निर्माता संघका तर्फबाट बरिष्ठ उपाध्यक्ष उदय कुमार सुब्बा संयोजक र उपाध्यक्ष दिपकराज गिरी, महासचिब सुनिल कुमार थापा सदस्य रहेका छन् ।
यस्तै नेपाल चलचित्र संघबाट प्रथम उपाध्यक्ष गोपालकाजी कायस्थ संयोजक, संघका महासचिव सुरेन्द्र कुमार थापा र सदस्य छबी ओझा यो कार्यदलको सदस्य रहेका छन् । दुई संघबाट गठित कार्यदलले नेपाली चलचित्रको प्रदर्शन तथा वितरणलाई व्यबस्थित बनाउने’bout छलफल गरेको निर्माता संघका बरिष्ठ उपाध्यक्ष उदयुकुमार सुब्बाले राजधानीलाई जानकारी गराए ।
अब नेपाली चलचित्र रिलिज अघि नेपाल भरका चलचित्र घरमा १४ दिन निःशुल्क ट्रेलर प्रदर्शन गर्न नयाँ निर्माताले नेपाल चलचित्र निर्माता संघको सदस्यता लिनु पर्ने निर्णय यो कार्यदलले गरेको छ । सो निर्णय’bout निर्माता संघका बरिष्ठ उपाध्याक्ष सुब्बाले राजधानीसँग भने,‘हाम्रो संघका सदस्यले आफ्नो चलचित्र प्रदर्शन गर्दा हलबाट कुल ब्यापारको कर काटेर ५० प्रतिशत शेयर अनिवार्य पाउने छ । यस्तै चलचित्र रिलिजको मितिको दिनसम्म दुई साता सम्बन्धित चलचित्र घरमा निःशुल्क ट्रेलर देखउने पाउने निर्णय पनि भएको छ ।’
निर्माता संघको सदस्यता नलिएका निर्माताहरुले चलचित्र घरबाट यो सुविधा बिगतमा नपाएकाले अब पनि नपाएको खण्डमा आफुहरु जिम्मेवार नहुने पनि बरिष्ठ उपाध्यक्ष सुब्बाले बताएका छन् । पछिल्लो समय निर्माताहरु नेपाल चलचित्र निर्माता संघको सदस्य बन्न छाडेको तर चलचित्र प्रदर्शनमा समस्या पर्दा निर्माता संघले नै समाधान गर्नु पर्ने अबस्था रहेको पनि उनले जानकारी गराए । त्यसैले यस्ता धेरै सुविधा र हक अधिकारका लागि सदस्यता लिएर निर्माता संघमा जोडिन आफुहरुले नयाँ निर्माताहरुका लागि यो नियम ल्याएको पनि सुब्बाले बताए ।
नयाँ सदस्यता’bout सुब्बाले भने,‘अहिले धेरै चलचित्र निर्माणको क्रम बढेकाले यसलाई प्रदर्शनमा व्यबस्थित गर्नका लागि पनि हामीले अनिवार्य सदस्यताको प्रावधान ल्याएका हौं । सदस्यता शुल्क जम्मा ७ हजार रुपैयाँ रहेको पनि म नयाँ निर्माताहरुलाई जानकारी गराउँदछु’, यस्तै तीन चारवटा नेपाली चलचित्र एकसाथ जुधाउँदै प्रदर्शन गर्ने क्रम बढेकाले यसलाई व्यबस्थित गर्न’bout पनि कार्यदलबीच छलफल भएको सुब्बाले जनाए । उनका अनुसार यो ’bout अर्को बैठकमा निर्णय गरिने छ ।
यस्तै नेपाली चलचित्रलाई चलचित्र घरमा एकाबिहानै र बेलुको सो दिने तर बिदेशी चलचित्रलाई दिउँसो र साँझको महत्वपूर्ण शो दिने क्रम बढेको पनि सुब्बाले बताए । यस्तो कार्यलाई व्यबस्थित गर्ने’bout पनि कार्यदलबीच बार्ता भएको छ । अब बिदेशी चलचित्रसरह नेपाली चलचित्र प्रदर्शनको लागि पनि दिउँशो र साँझको ‘प्राईम टाईम’ शो दिने कुरामा हल सञ्चालकहरु बैठकमा सहमत भएको पनि बरिष्ठ उपाध्यक्ष उदय सुब्बाले जानकारी गराए ।
अब आफुले वितरणको जिम्मा लिएको नेपाली चलचित्रलाई वितरकले नेपाल चलचित्र संघमा दर्ता गराउनु पर्ने निर्णय सो बैठकमा भएको नेपाल चलचित्र संघका प्रथम उपाध्यक्ष गोपालकाजी कायस्थले जानकारी गराए । चलचित्र वितरकले संघमा दर्ता गराउनुको कारण’bout कायस्थले राजधानीसँग यसो भने,‘एउटा वितरकले केही पेस्की दिएर वितरणको जिम्मा लिएको चलचित्रलाई निर्माताले फेरी अर्को वितरकलाई वितरण जिम्मा दिने क्रम बढेको छ । यस्तो समस्या नहोस भनेर आफुले वितरणजिम्मा लिएको चलचित्रको निर्मातासँग गरिएको सम्झौता पत्रको फोटोकपी सहित चलचित्रको नाम नेपाल चलचित्र संघमा दर्ता गर्न हामीले वितरकहरुलाई अनिवार्य गरेका हौं’, यसरी वितरकले चलचित्र संघमा दर्ता गरेको चलचित्रलाई फेरी निर्माताले अर्को विरतकलाई वितरण अधिकार दिन नपाउने निर्णय कार्यदलले गरेको पनि कायस्थले सुनाए ।
‘यदि एउटा वितरकलाई वितरणको जिम्मा दिएर चलचित्रलाई चलचित्र संघमा दर्ता गरेपछि वितरण अधिकार सम्बन्धित वितरकको हुनेछ । वितरकले चलचित्र संघमा दर्ता गरेको चलचित्रलाई निर्माताले फेरी अर्को वितरक फेरेर जिम्मा दिएमा हामी त्यो चलचित्र प्रदर्शनमा रोक लगाउने छौं’, प्रथप उपाध्यक्ष कायस्थले राजधानीसँग भने,‘यो नियम पहिलादेखि नै कायम भए पनि पछिल्लो समय वितरकले संघमा चलचित्र दर्ता गराउने तथा संघको सदस्यता लिने कार्य गर्न छाडेका छन् । त्यसैले चलचित्र प्रदर्शन र वितरणलाई व्यबस्थित गर्न यस्तो निर्णय गर्नु परेको हो ।’
यसरी चलचित्र वितरणको अधिकार चलचित्र संघमा दर्ता गर्दा वितरकले नै काठमाडौ उपत्यका वितरणको लागि ५ हजार रुपैयाँ शुल्क र देशभरी वितरणको लागि ७ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने प्रावधान रहेको पनि कायस्थले जानकारी गराए । निर्माताले एउटा वितरकसँग सुरुमा चलचित्र बनाउँदा पैसा लिने र चलचित्र तयार भएपछि अर्को वितरकलाई वितरणको जिम्मा दिने क्रम बढेको पनि उनले बताए । अब यो नियम लागू भएपछि यस्तो बिकृति रोकिने र वितरकहरु मारमा नपर्ने कायस्थको विश्वास छ ।