बिआरआई सम्झौतामा ‘लोन’ भन्ने शब्द नै छैन्ः पराराष्ट्र मन्त्री राणा

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणाले चिनियाँ सहयोग परियोजना ‘बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई)’ सम्झौता ‘लोन’ नभएको बताएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको जारी बैठकमा बोल्दै पराराष्ट्र मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा भएको सम्झौतामा ‘लोन’ नै नरहेको बताएकी हुन ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको बिआरआई सम्झौतामा ऋण लिने ’bout कुनैपनि कुरा उल्लेख गरिएको छैन, जसरी ऋण लिनेगरी सम्झौता भयो भनिदै आएको छ, यो तथ्यहीन छ,’ उनले सांसदहरूको प्रश्नको जवाफ दिदैँ भनिन्,’सम्झौतामा ग्रान्‍ड र एड भन्ने शब्द मात्र प्रयोग गरिएको छ, ‘लोन’ भन्ने शब्द कही कतै छैन, सय पटक पढे पनि लोन शब्द भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओली गत मंसिर १७ देखि २० सम्म चीन भ्रमणको क्रममा चीनसँग सो सम्झौता भएको थियो । बरू, काठमाडौंमा राजनीतिक सहमति गरेर चीनमा एकरूपता कायम गरिएको उनले जनाएकी छिन् ।
 

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण बुधबार