दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना

‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ अवलोकन गर्नुहुदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नगर प्रमुख तीर्थराज भट्टराईलगायत ।

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको मौलिक कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि दिक्तेलबजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार सङ्ग्रहालयको औपचारिक उद्घाटन गरेका हुन् ।

दिक्तेलबजारस्थित रत्नपार्कको सपिङ कम्प्लेक्समा पाँचवटा कोठामा स्थापित सङ्ग्रहालयमा नेपालसहित विश्वका ५० देशका ख्यातिप्राप्त चित्रकारले बनाएका १८२ वटा चित्र राखिएको छ । उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले कला, साहित्य र मौलिक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा नगरपालिकाले थालेको कामको प्रशंसा गरे ।

नगरपालिकाले गत असोज १७ देखि २० गतेसम्म आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारहरूले सहभागिता जनाएका थिए । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा आयोजित कार्यशालामा चित्रकारहरूले स्थानीय धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतारेका थिए ।

नगर प्रमुख तीर्थराज भट्टराईका अनुसार संसारभर छरिएर रहेका खोटाङे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाका माध्यमबाट खोटाङ र नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । ‘सङ्ग्रहालयले पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा टेवा पु¥याउने अपेक्षा गरेका छौ’, उनले भने ।

यसअघि नगरपालिकाले धनु आर्ट स्टुडियो काठमाडौंसँगको सहकार्यमा फागुन ५ देखि १७ गतेसम्म नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी आयोजना गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले समापन गरेको प्रदर्शनीमा देशका उच्चपदस्थ व्यक्तिहरूले अवलोकन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्ला एमालेको प्रतिवद्धता : कक्षा १२ सम्म निशुल्क शिक्षा