अब त्रिनगर हाटबजार सातै दिन सञ्चालन हुने

धनगढी । धनगढीस्थित त्रिनगर हाटबजार अबदेखि सातै दिन सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिका १, वनदेवीमन्दिरसँगै रहेको हाटबजार अब सातैदिन खुल्ने भएको हो ।

हाटबजारमा हप्ताको तीन दिन धनगढीका किसानले आफ्नो कृषि उपज बिक्री गर्ने छन् भने बाँकी चार दिन खुल्ला व्यापार गर्न दिइने जनाइएको छ ।

आइतवार, मंगलवार र शुक्रवार धनगढीका किसानले मात्रै कृषि उपज बिक्री गर्दै आएको हाटबजारमा अब भने सातामा चार दिन सबैका लागि खुल्ला रहने छ ।

सोमवार, बुधवार बिहिवार र शनिवार सबैलाई खुल्ला व्यापार गर्न दिइने नगर प्रमुख गोपाल हमालले बताए । उनले तीन दिन स्थानीय किसानले आफ्नो कृषि उपज बिक्री गर्ने र बाँकी चार दिन अन्य व्यापारीले स्टल राख्न पाउने बताए । ‘किसानको लागि आइतवार, मंगलबार र शुक्रवार हाटबजार लाग्नेछ भने बाँकी सबैको लागि सोमवार, बुधवार, बिहीबार र शनिवार हाटबजार लाग्नेछ,’ उनले भने, ‘चार दिन खुल्ला व्यापार गर्न पाइनेछ ।’

फुटपाथ व्यापारीलाई हाटबजारमा स्थान दिइने
त्रिनगर हाट बजार हप्ताको तीन दिन आइतवार, मङ्गलवार र शुक्रवार मात्रै लाग्दै आएको थियो । हाट बजारलाई किसान मण्डीको रूपमा मात्रै चलाइदै आएको थियो । किसान कार्ड बनाएका व्यक्तिले मात्रै हाट बजार लाग्ने दिन व्यापार गर्न पाउने छुट पाएका थिए ।

धनगढी उपमहानगरपालिकाले फुटपाथमा व्यापार गर्न प्रतिबन्ध लगाएको छ । फुटपाथबाट विस्थापित व्यक्तिलाई व्यापार गर्ने नयाँ ठाउँ दिन सकिएको छैन । त्यसैले फुटपाथबाट विस्थापितहरूलाई हप्तामा चार दिन त्रिनगर हाट बजारमा व्यापार गर्न दिने कार्यपालिकाले निर्णय गरेको नगर प्रमुख हमालले बताए । उनले फुटपाथमा व्यापार गर्दै आएकाहरूलाई हाटबजारमा आउन र आफूले बिक्री गर्दै आएको सामान बिक्री गर्न आग्रह गरेका छन् ।

‘आइतवार,मंगलवार र शुक्रवार किसानहरूका लागि मात्रै र सोमवार, बुधवार, बिहिवार र शनिवारका दिन सबै किसिमका व्यवसायीका लागि हाटबजार खुला गरिएको र सबै किसिमको सामान बिक्री गर्न दिइनेछ,’ उनले भने, ‘हप्तामा चार दिन दाल, तरकारी, लत्ताकपडा, भाडा वर्तन लगायतका सामग्री बिक्री गर्न खुल्ला गरिएको छ ।’

धनगढी उपमहानगरपालिकाले महिला उद्यमीहरूका लागि शनिवारिय मेला लगाउँदै आएको छ । यस्तै युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न धनगढीको खुलामञ्च क्षेत्रमा रात्रिकालीन मेला लगाउने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 287 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सभापति देउवाले दिए संस्थापन समूह एकजुट छ भन्ने सन्देश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायको शपथ रोक्न आयोगको निर्देशन