खानेपानी दैनिक १६ घण्टा आपुर्ति गर्ने लक्ष्य: निमित्त प्रमुख यादव

बारा । खानेपानी दैनिक १६ घण्टा आपुर्ति गर्ने लक्ष्य लिएको खानेपानी संस्थान कलैयाको निमित्त प्रमुख संजीव कुमार यादवले बताए । जिल्लामा सेवाग्राहीले दिनको ४ देखि ५ घण्टा सम्म मात्र खानेपानी खाने वतावरण रहेको थियो ।आफुले दिनको १६ घण्टा सम्म शुद्ध पानीको आपुर्ति गर्ने लक्ष्य लिएको यादवले बताए ।

उपभोक्तालाई शुद्ध खानेपानीको व्यवस्था गर्न पहिलो लक्ष्य रहेको उनले भने । गर्मीयाममा जमिन सुकेर घरघरको चपाकलमा पानी न आउने समस्यालाई पनि समाधान गर्ने उदेश्यले पानीको समय अवधी बढाउने तयारीमा रहेको यादवले बताए ।

नगर क्षेत्र भित्र ९ किलोमिटर पाइपलाइन पेन्डिङ्ग अवस्थामा रहेको थियो । आफुले दुत्र गतिमा पाईपलाईनको काम अगाडी बढाएको उनले बताए । ८ किलोमिटर सम्म पाइपलाइनको काम सम्पन्न गराएको समेत जानकारी गराए ।

जिर्ण अवस्थामा रहेको खानेपानी संस्थानलाई चलायमान गराउने प्रत्यनमा रहेको निमित्त प्रमुख यादवले बताए । कही पनि पानीको चुहावट हुन नदिने प्रतिवद्धता समेत गरेका छन् । खानेपानी लिक भएर पानीमा माटो, लेदो आउने सर्वसाधारण समस्या आउन नदिने प्रतिवद्ध रहेको यादवले भने ।

संघिय सरकारको खानेपानी मन्त्री प्रदिप यादवले उदघाटन गरेको कलैया उप-महानगर वडा नम्बर २३ भतौडा स्थित ३.४ मिटर खानेपानीको परियोजना सम्पन्न भएको यादवले बताए । आर्थिक वर्ष ०८०\०८१ मा इ विडिङ्गबाट गरिएको परियोजनाको लागत कर सहित ८१ लाख ८१ हजार तीन सर ४१ रुपैया रहेको निमित्त प्रमुख यादवले बताए ।

नया खानेपानी जडान गर्न सय भन्दा बढी उपभोक्ताले कार्यलयमा निवेदन पेश गरेको उनले बताए । नया जडानको कार्य पनि तिव्र गतिमा अगाडी बढाएको यादव बताउछन । भतौडामा परियोजना लागु भएकोले स्थानीयलाई खानपानी जडान गर्न सहज भएको उनले बताए ।

गर्मीयाममा चापाकल सुकेर पानीको लागि हाहाकार भएकोले खानेपानी जडान गराएको भौताडाका संजय पटेलले जानकारी गराएका छन् । परियोजना नै आफनो वार्डमा लागु भएकोले जडान सहज भएको उनले भने ।

चार लाख पचास हजार लिटरको पानीटंयाकी रहेको उनले बताए । हाल दुई हजार धारा संख्या रहेको उनले भने । शुन्य युनिट देखि १० युनिट सम्मको न्यूनतम शुल्क एक सय ६ रुपैया लाग्ने गरेको खानेपानी संस्थानले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द