पराजयसँगै नेपाल समुहचरणबाट बाहिरयो

काठमाडौं । नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ । नेपालले जारी आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो ।

बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित हुदाँ समूह चरणबाटै बाहिरिन पुगेको छ । साथै, लागतार तेस्रो जितसँगै अस्ट्रेलिया भने समूह ‘डी’ को विजेताका रूपमा सुपर–६ मा प्रवेश गरेको छ ।

यसअघि नेपाल बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १४० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सकेको थियो ।
 

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध