काठमाडौं । गीतकार एवम् सञ्चारकर्मी गीता अधिकारीको नयाँ पुस्तक ‘मेरा कलमका डोबहरू’ काठमाडौँमा एक समारोहबिच लोकार्पण गरिएको छ । उनकै जन्मदिनको अबसर पारेर काठमाडौँमा आयोजित एक समारोहमाझ अधिकारीको उक्त पुस्तक मंगलबार काठमाडौँमा एक विशेष समारोहबिच नेपाली चलचित्रकी अभिनेत्री द्धय चैत्यदेवी सिंह, भुवन चन्दलगायतले लोकार्पण गरे । मैले पढेका ५१ पुस्तक यसअघि पाठकमाझ ल्याएकी गीतको यो दोश्रो कृति हो ।
गीताको ‘मेरा कलमका डोबहरू’लाई मिलाप पब्लिकेशन प्रालिले प्रकाशन तथा वितरण गरेको हो । ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ । कार्यक्रममा कृतिकार अधिकारीले आफूले विभिन्न समयमा प्रकाशन गरेको रचनाहरुलाई ‘मेरा कलमका डोबहरू’मा समावेश गरेको बताईन् ।
मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले मिलाप मासिकको चर्चा गर्दै लेखिका अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी गराए । उनले यसमा समावेश भएका आलेखहरूले त्यो समयका विभिन्न विषयलाई जानकारी दिने विश्वास व्यक्त गरे ।
अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले गीतालाई आफूले वर्षौँदेखि चिनेको भन्दै उनले पुस्तकमा समेटेका आलेखहरु रचनामुकलसँगै सूचनामुकल पनि भएको बताए । कार्यक्रममा पुस्तक’bout कलाकार उत्तम केसी, लय संग्रौला, साहित्यकार अमर बान्तु, संगीतकार राजु सिंह, गीतकार वसन्त वित्यासी थापा, चूडामणि देवकोटा, शान्तिप्रियलगायतले पनि आफ्नो भनाई राखे ।






