हिउँदे अधिवेशनमा व्यस्त स्थानीय सरकार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका १२ स्थानीय तहमा धमाधम हिउँदे अधिवेशन सुरु भएको छ । विद्येयक अधिवेशनका रुपमा लिन हिउँदे अधिवेशनमा स्थानीय सरकार सञ्चालनका क्रममा आएका बाधा अप्ठ्याराहरु अधिवेशन मार्फत् फुकाउने गर्दछन् ।

स्थानीय सरकारले पनि संसदको झल्को हुने गरेर हिउँदे अधिवेशनहरु सञ्चालन गरिरहेका छन् । गत वर्ष सभा स्टायलमा अधिवेशन गरेका स्थानीय सरकारले यो वर्षदेखि भने केन्द्रीय संसदको झल्को दिने गरी सभा सञ्चालन गरिरहेका छन् । ‘हामी निरन्तर सिक्ने अभ्यासमा नै छौँ, ससंदको स्टाइलमा नै गाउँ र नगर सभाहरु सञ्चालन गरिरहेका छौँ’, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले भने ।

सदरमुकाममा रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले पनि सातौ नगरसभा सम्पन्न गरेको छ । नगरसभामा केही विद्येयक तथा कार्यक्रम संसोधन एवम् रकमान्तरका कार्यक्रमहरु पेश गरिएको नगरपालिकाकी उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् ।

सातौँ नगरसभामा उपप्रमुख पराजुलीले सहकारी ऐन २०७४ लाई संसोधन गर्नका लागि प्रथम संसोधन विधेयक पेश गरेकी थिइन् । त्यस्तै नगरपालिकाको आर्थिक ऐन २०७६, संसोधनका लागि बैठकमा पेश गरेकी थिइन् । चालु आवको सुरुवातमा मात्रै संघ र प्रदेशबाट विभिन्न कार्यक्रमहरुका लागि बजेट प्राप्त भएकाले चालु आवमा उक्त कार्यक्रमहरु सञ्चालनको प्रस्ताव तयारका लागि सभामा पेश गरिएको थियो ।

नगरपालिकामा अस्थाई तथा करार सेवामा कार्यरता कर्मचारीहरुलाई अवकाश पछि केही रकम सुविधा प्रदान गर्ने उदेश्यले नगरपालिका कल्याणकारी कोष सञ्चालन विद्येयक स्वीकृतका लागि नगरसभामा पेश भएका थिए । उपपम्रुख पराजुलीले राखेका सबै विद्येयक तथा प्रस्तावहरु नगरसभाबाट सर्वसहमत पारित भएको उपप्रमुख पराजुलीले जानकारी दिइन् ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगततर्फ २० प्रतिशत र चालुतर्फ ३५ प्रतिशत वित्तीय प्रगती भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डेले नगरसभामा जानकारी गराएका थिए । नगर सभामा मेयर अमान सिं तामाङले नगर समृद्धिको आधार कृषि, शिक्षा पर्यटन र पुर्वाधारको मुल मन्त्रलाई लिएर काम गरिरहेको बताए । ‘हामीहरुको कार्यकालमा नै नगर भित्र देखिने गरी धेरै सुधारका काम हुने छ’, मेयर तामाङले भने ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तहको निर्वाचनमा दलको चुनावी घोषणापत्र