वार्ता मिलेपछि चलचित्र एक्टर: टेक वान शुक्रवारबाट रिलिज

काठमाडौं । १६ माघबाट रिलिज हुने भनिए पनि आगामी २२ माघसम्म नेपाली चलचित्र ‘एक्टर : टेव वान’को प्रदर्शन नगर्नु भनेर मंगलबारमात्र काठमाडौं जिल्ला अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि दुई दिनको लगातार छलफलपछि बिहीबार चलचित्र एक्टर र चलचित्र एक्टर टेक वान पक्ष मिलेका छन् । अब चलचित्र एक्टर टेक वानलाई शुक्र बाह्रदेखि देश बिदेशमा रिलिज गर्ने सहमति दुवै पक्षबिच भएको छ ।

बिहीबार मध्यान्न दुवै चलचित्रका निर्माता आपसमा बसेर नाम सम्बन्धी समस्यालाई सुल्झाएका छन् । अब यो चलचित्र शुक्रवार बिहानैबाट सबैतिर रिलिज हुने एक्टर टेक वानका निर्माता थमन कुमार भण्डारीले बताएका छन् ।

आफ्नो चलचित्र एक्टरको जस्तो नाम राखेर चलचित्र बनाउन अनुमति दिएको भन्दै डक्टरका प्रस्तुत कर्ता तथा कथाकार सम्राट् थापाले गत शुक्रवार एक्टर टेक वानका निर्माता र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । सोही रिटमाथि मंगलबार भएको छलफलमा काठमाडौं जिल्ला अदालतले अन्तरिम आदेश जारी गर्दै एक्टर टेक वानलाई आउँदै २२ माघसम्म प्रदर्शन गर्न रोक लगाउँदै २२ माघमा छलफलको लागि दुवै पक्षलाई अदालतमा बोलाइएको थियो ।

यसपछि बिहीबार अधिवक्त यज्ञमणि न्यौपानेको रोहबरमा डक्टरका निर्माता मनोहर थापा, प्रस्तुत कर्ता सम्राट् थापा तथा चलचित्र एक्टर टेक वानका निर्माता थमन कुमार भण्डारी, मोती कार्कीबिच एक्टर टेक वान नै नाममा यो चलचित्रलाई प्रदर्शन गर्न दिने सम्झौता भो । सम्झौता पत्रमा डक्टरका निर्माताहरुले एक्टर टेक वानको व्यापारलाई सहयोग पुगेस भनेर मानवीय नाताले प्रदर्शनी गर्ने अनुमति दिएको सम्झौता पत्रमा उल्लेख छ । डक्टरका निर्माताले अब सम्झौता पत्र अदालतमा पेस गरेर मुद्दा फिर्ता लिनेछन् । आफूहरूले कुनै क्षतीपूती नलिई मानवीय हिसाबले सहयोग गर्दै मुद्दा फिर्ता लिन र सहमतिमा आउन मन्जुर भएको पनि डक्टरका निर्माता मनोहर थापाले राजधानीलाई बताए ।

अब शुक्रवार बिहानैबाट देशभरका चलचित्र घरमा चलचित्र एक्टर टेव वानलाई रिलिज गरिने भएको छ । जसका लागि बिहीबार बेलुकाबाट अग्रिम टिकट बिक्री पनि खुला गरिएको छ । बिहीबार नै चलचित्र विकास बोर्डमा पनि दुवै निर्माण पक्षबिच भएको सम्झौता पत्रलाई पठाएर चलचित्र प्रदर्शनको लागि अनुमति दिन अनुरोध गरिएको छ ।चलचित्र एक्टर टेक वानको निर्माण पक्षले बिहीबार दिउँसो काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै दुबैपक्ष बीच सहमति भएको जानकारी गरायो । आउँदा दिनमा प्रतिलिपि अधिकार’bout आफूहरू सचेत हुने पनि यसका निर्माता भण्डारीले बताए ।

यस अघि गत ४ माघमा नेपालका चलचित्र घरमा रिलिज भएको नेपाली चलचित्र एक्टरको निर्माण पक्षले यस्तै नाम भएको अर्को चलचित्र ‘एक्टर ः टेक वान’लाई यो चलचित्रको प्रदर्शन तत्कालै रोक्न र नाम परिवर्तन गर्नको लागि माग सहित काठमाडौँ जिल्ला अदालतमा शुक्रवार दिउँसो मुद्दा दर्ता गराएको थियो ।

चलचित्र एक्टर स् टेक वानलाई राजन भुसालले निर्देशन गरेका हुन भने थमन कुमार भण्डारीले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्य रायमाझी, राज बल्ल्भ कोईरालालगायतको शीर्ष भूमिका रहेको छ ।

गत ४ माघबाट चलचित्र घरमा प्रदर्शन भइरहेको चलचित्र एक्टरलाई मदन घिमिरेले निर्देशन गरेका हुन् । जसका निर्माता मनोहर थापा हुन् । यो चलचित्रमा प्रिन्स थापामगर, शिवानी गिरी, कसिस दाहाल, कृष्ण मल्ल, सरोज खनाललगायतको मुख्य भूमिका छ ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

epaper

ताजा समाचार

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद