‘कर आतंक कहिलेसम्म ?’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको ’boutमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब भृकुटीमण्डमा आजपाले अर्थ बिज्ञसहितको सहभागितामा ‘कर आतंक कहिलेसम्म ?’ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

अन्तरक्रिया कार्यक्रममा आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, वरिष्ठ उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा, अर्थबिद्ध एवं पूर्व गभर्नर डा.दिपेन्द्रबहादुर क्षेत्री, अर्थबिद्ध प्राडा गोपीनाथ न्यौपाने लगायतको सहभागिता रहने आजपा स्थायी कमिटी सदस्य एवं कार्यालय सचिव रबिन्द्र सिंहले जनाएका छन् ।

सरकारको मनपरी कर आतंकले मुलुकको अर्थतन्त्र धरासायी बन्दै गईरहेको भन्दै आजपाले बिगतदेखी ने संघर्ष गर्दै आएको छ । सरकारको मनपरी कर आतंक बिरुद्ध आजपाले हालै काठमाडौं, वीरगंज, चितवन, पोखरा सहितका प्रमुख शहरहरुमा विरोध सभाका साथै विरोध प्रदर्शन, भेला गरेको छ ।

मुलुकलाई समृद्ध बनाउँन सरकारको मनोमानी कर आतंक बन्द हुनुपर्ने आजपाले माग गर्दै आएको छ । अर्थतन्त्रमा गुणात्मक सुधार सहित देशमा सुशासन, विकास र समृद्धिको जनचाहना पूरा गराउँनका लागि सरकारको मनोमानी कर आतंक बन्द नभएसम्म पार्टीद्धारा जारी संघर्षका कार्यक्रम जारी रहने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

आजपा काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा हुन लागेको अन्तरक्रिया कार्यक्रममा अर्थ क्षेत्रका विविध बिषयमा गम्भिर छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबाट अध्यक्षका उम्मेद्वार विरुद्ध वेरुजु रहेको उजुरी