नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालका २८ चलचित्र

काठमाडौं । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा १३ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’ (नाइफ) हुने भएको छ । यो महोत्सवको तयारी तीव्र गतिमा भइरहेको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् ।

यो महोत्सवको राष्ट्रिय चलचित्रको प्रतिस्पर्धामा यस पटक ७३ वटा चलचित्र, वृत्तचित्र, लघु चलचित्र, आदिवासी जनजाति चलचित्र तथा सांगीतिक लघु चलचित्र र विधार्थी चलचित्र प्राप्त भएका थिए । ती चलचित्र मध्यबाट २८ वटा लामा छोटा चलचित्र महोत्सवको फाइनलको लागि चयन भएका छन् । जसमा कथानक चलचित्र सात वटा, लघु चलचित्र ७ वटा, सांगीतिक लघु चलचित्र पाँच वटा, वृत्तचित्र चार वटा, आदिवासी जनजाति चलचित्र तीन वटा, विधार्थी चलचित्र दुई वटा रहेका छन् ।

यो महोत्सव आगामी ९ फागुन देखि ११ फागुनसम्म काठमाडौँको प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने भएको छ । महोत्सवमा यस पटक प्राप्त १६ वटा कथानक (फिचर) चलचित्रहरू मध्यबाट निर्णायक टिमले फाइनलको लागि ७ वटा चलचित्र चयन गरेको हो ।

जसमा दीपाश्री निरौला निर्देशित छक्का पञ्जा ५, शँकर घिमिरे निर्देशित तेल भिसा, ऋषिराज आचार्य निर्देशित द्रौपदी, माधवराज खरेल निर्देशित चिठ्ठी, घनश्याम लामिछाने निर्देशित लन्डन टु पेरिस, कृषा चौलागाई निर्देशित औचो पैँचो र विनोद बुढाथोकी निर्देशित संकल्प रहेका छन् । संकल्प पहिलो पटक जापानमा निर्माण भएको नेपाली चलचित्र हो । यी चलचित्रको महोत्सवमा चयनसँगै प्रदर्शन पनि हुने भएको छ ।

यसै गरी यो महोत्सवमा फाइनल चरणको लागि लघु चलचित्र तर्फ रौनक विक्रम कँडेल निर्मित निर्देशित रेड, प्रद्युम्न मिश्र निर्देशित खुसी, सन्तोष सुवेदी निर्देशित द ट्रि म्यान, विकास मगर (विश्वास) निर्देशित खिल, कृष्णप्रसाद धिताल निर्देशित एप्रोन, गृष्म श्रेष्ठ निर्देशित आकाश, राजन खरेल निर्देशित हयर एम आई रहेको छ ।

महोत्सवमा फाइनलको लागि प्राप्त वृत्तचित्र मध्य ४ वटा नेपाली वृत्तचित्र तथा बृत्तचलचित्र अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा रामजी ज्ञवाली निर्देशित रित्तो गाउँ, अरुण कुमार प्रधान निर्देशित (माता ः लिभिङ गडेज) लव प्याकुरेल निर्देशित गल्र्स रिवेरिङ र शिव पुरी निर्देशित डिफिनेटेड टु डिसापियर रहेका छन् ।

महोत्सवमा यस पटक प्राप्त २४ वटा सांगीतिक लघु चलचित्र मध्य पाँच वटा अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । जसमा सोनाम पाख्रिन निर्देशित तिमी आँसु रहेछौ, हेमन्त शिशिर निर्देशित सँगै जुनी काटम्ला, देवेन्द्र कुँवर निर्देशित मायाले सजाउँला, जनक सिंह निर्देशित भुल्नै गारो भो र वीरेन्द्र भट विपिन निर्देशित जिन्दगी खेल जस्तै रहेको छ ।

यसै गरी आदिवासी जनजाति चलचित्रको प्रतिस्पर्धामा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५को लागि फाइनलमा तीन वटा चलचित्र चयन भएका छन् । जसमा दर्शनवीर शाक्य निर्देशित नेपाल भाषाको लघु चलचित्र इन्द्रायणी, सागर केरुङ निर्देशित लिम्बु भाषाको चलचित्र के टु र आचार्य गोपाल निर्देशित मगर भाषाको चलचित्र अखत रहेका छन् ।

यस्तै यस पटक स्टुडेन्ट चलचित्रको सूचीमा अन्तिम प्रतिस्पर्धाको लागि दुई विधार्थी चलचित्र चयन भएका छन् । जसमा कमला पौडेल र झरना साउद निर्देशित नो स्मोकिङ प्लिज र मोहन अभिलाषी निर्देशित स्कुल वाल रहेका छन् ।

यो महोत्सवको फाइनलको लागि अफ्रिकन तथा अन्तर्राष्ट्रिय चलचित्रको चयनमा अन्तर्राष्ट्रिय निर्देशकहरू जुटिरहेको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराएकी छिन् । महोत्सवका लागि ४५ भन्दा बढी मुलुकका चलचित्रहरू प्राप्त भएका छन् । ती मध्य फाइनलमा चयन भएका चलचित्रको चार दिनपछि सार्वजनिक गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै