ओस्कारमा एआई दृश्य विवादसँगै नयाँ नियम घोषणा

लस एन्जलस । यस वर्ष ओस्कार अवार्डको लागि उत्कृष्ट चलचित्रको मनोनयनमा परेको चलचित्र ‘द ब्रुटालिस्ट’ विवादमा परेको छ । यो चलचित्रमा पर्याप्त एआई (कृत्रिम बुद्धिमत्ता) बाट तयार गरिएको दृश्यहरू समावेश गरिएका कारण चलचित्र विवादमा परेको हो । यो विषयमा ओस्कार आयोजक टिमले स्पष्ट पार्न द ब्रुटालिष्ट निर्माण टिमसँग स्पष्टिकरण समेत मागेको छ ।

द ब्रुटालिस्ट निर्माण टिमले आफ्नो चलचित्रको पोस्ट–प्रोडक्शन चरणमा केही दृश्यमा आवश्यक भएकाले एआईबाट दृश्य सृजना गरेर चलचित्रमा समावेश गरेको जनाएको छ । यो चलचित्रका निर्देशक ब्राडी कोर्बेटले एक विज्ञप्ति जारी गर्दै हंगेरी भाषामा केही अक्षर र स्वरहरूको प्रयोग सुधार गर्न मात्र एआई प्रयोग गरेको स्पष्ट पारेका छन् ।

निर्देशक ब्राडी कोर्बेटले एक विज्ञप्ति सार्वजनिक गर्दै चलचित्रको एक स्थानमा एआई अडियो टेक्नोलोजी रेस्पीचर प्रयोग गरिएको बताएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्,‘यो केवल हंगेरी–भाषा संवाद सम्पादन गर्न प्रयोग गरिएको थियो, विशेष गरी शुद्धताको लागि निश्चित स्वर र अक्षरहरूलाई उच्चारण गर्नको लागि प्रयोग गरिएकाले यसको अंग्रेजी भाषामा कुनै परिवर्तन गरिएको छैन।’

ओस्कारको मनोनयनमा परेका अभिनेता एड्रियन ब्रोडी र फेलिसिटी जोन्सको प्रदर्शनको ’boutमा स्पष्ट पार्दै यो चलचित्रका निर्माताले भने, ’एड्रियन र फेलिसिटीको प्रदर्शन पूर्णतया आफ्नै हो । त्यो एआईबाट सृजना गरिएको दृश्य हैन’,द ब्रुटालिस्टले मात्र छायांकन प्रक्रियामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग नगरेको पनि उनले निर्माताले जिकिर गरेका छन् ।

एक रिपोर्टका अनुसार ओस्कारको मनोनयनमा परेका चलचित्रहरू ड्युनः पार्ट २, एमिलिया पेरेज र अ कम्प्लीट अननोन जस्ता चलचित्रहरूले पनि आफ्ना सुविधाको लागि एआई दृश्यहरूको प्रयोग गरेका छन् ।

यसरी हलिउडका चलचित्रहरूमा एआईका कृत्रिम दृश्यका कारण छायांकारद्धारा छायांकन गरिएका वास्तविक दृष्यहरुलाई चुनौती दिने काम भएको छ । त्यसैले अर्को वर्षबाट ओस्कार अवार्डमा सहभागी हुने चलचित्रहरूले एआईबाट सृजना गरिएको दृष्यहरु’bout आवेदनमै खुलाउनु पर्ने निर्देशन पनि ओस्कार अवार्ड आयोजक समूहले दिएको छ । द ब्रुटालिस्टले सृजना गरेका एआईको दृश्य विवादपछि आफूहरूले यस्तो निर्णय लिनु परेको पनि ओस्कार आयोजक कमिटीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय