लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको बैठक रानीमहलमा

पाल्पा । ऐतिहासिक र पर्यटकीय स्थल पाल्पाको रानीमहल दरबारमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक बसेको छ । संयुक्त बैठकले दुई प्रदेश बीच मिलेर गर्न सकिने प्रदेशहरुको विकास, पर्यटन प्रवद्र्धन, यातायात सञ्जाल बिस्तार र कृषि उत्पादन बजारिकरणसँग सम्बन्धित २१ बुदें साझा प्रतिवद्धता पत्र जारी गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटकीय स्थल रानीमहल दरबारको प्रचारप्रसारसँगै प्रदेशको पर्यटन प्रवद्र्धन टेवा पु¥याउन संयुक्त बैठकको आयोजना गरिएको बताए ।

लुम्बिनी प्रदेशलाई बुद्ध सर्किट र गण्डकी प्रदेशलाई साहसिक र धार्मिक पर्यटकीय रुपमा विकास गर्न सकिने सम्भावना ’boutमा बैठकमा छलफल भएको थियो । दुबै प्रदेशका निकुञ्ज र संरक्षण क्षेत्रहरूलाई समेटेर पर्यापर्यटनको विकासको सम्भावना भएकाले यसलाई विकास गर्ने बिषय साझा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले संयुक्त बैठकले दुई प्रदेशको समृद्धिका लागि पहिचान गरेका साझा सवालहरुलाई कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

मुख्यमन्त्रीहरुले हस्ताक्षर गरेको साझा प्रतिवद्धता पत्रमा दुई प्रदेश बीचका हवाई यातायात सेवा बिस्तार गर्ने, उत्तरदक्षिण कालीगण्डकी करिडोरलाई हिमाल, पहाड र तराईका उत्पादनहरूलाई सिमापार बजारसम्म पहुँच बढाउन प्रयोग गर्ने, सिद्धार्थ राजमार्गलाई डवल डेडिकेटेटको रुपमा बिस्तार गर्न संघीय सरकारसँग पहल गर्ने लगायतका बिषयहरु उल्लेख गरिएको छ ।

वैठकमा मुख्यन्मत्रीहरुसंगै प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू र प्रमुख सचिवको सहभागिता रहेको थियो । रानीमहल दरबार राणा खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा १९५४ मा कालीगण्डकीको किनारमा निर्माण गरेका थिए । रानीमहल दरबारलाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम