नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिदा १८ जनाको मृत्यु

भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा अस्वभाविक भीडका बीच भागदौड मच्चिदा १८ जनाको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् ।

नयाँ दिल्लीको लोक नायक अस्पतालका डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले हिजो साँझ रेलवे स्टेशनमा हजारौं मानिसहरूको भिड लागेपछि भागदौड मच्चिदा १८ जनाको मृत्यु भएको पुष्टि गरे ।

रोयटर्सका अनुसार मृत्यु हुनेमा १० जना महिला र ३ बालबालिका रहेका छन् । भारतको प्रयागराजमा जारी कुम्भ मेलामा जाने र आउनेको अत्यधिक भीडमा भागदौड मच्चिदा अप्रिय घटना भएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल एक्समा पोष्ट गर्दै दिल्ली घटनामा प्रति दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना प्रकट गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

आइभरी कोस्टका लागि ९० औं मिनेटमा निर्णायक गोल, इक्वेडर स्तब्ध