विधेयक पेसको अनुमति एउटा, पास अर्कै

काठमाडौं । नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नागरिकतासम्बन्धी विधेयक स्वीकृतमा भने एक रोचक दृश्य देखिएको हो ।

प्रतिनिधिसभा बैठक

सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । तर, बैठकमा गृहमन्त्री लेखकले अर्को विधेयक पेस गरे । उनले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरे ।

सभामुख घिमिरेले नागरिकतासम्बन्धी विधेयक प्रस्तुत गर्न समय दिएकामा गृहमन्त्री लेखकले प्रहरीसम्बन्धी विधेयक पेस गरेपछि बैठकमा सहभागी सांसदहरूका बीचमा खासखुस सुरु भयो । सभामुख घिमिरे र गृहमन्त्री लेखकको बुझाइमा फरक देखिएपछि यस्तो हुन गएको हो ।

‘सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएको थियो तर गृहमन्त्रीजीले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो,’ एक सांसदले भने, ‘सुरुमा सभामुखले पत्तो पाएको जस्तो नै देखिएन, त्यसपछि सभामुखले प्रहरीसम्बन्धीकै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल अघि बढाउनुभयो ।’

गृहमन्त्री लेखकले नागरिकता संशोधनसम्बन्धी विधेयक पेस गरे पनि सभामुख घिमिरेले भने प्रहरीसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिकै छलफल अघि बढाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस विषयमा जानकारी गराएका थिए । खतिवडाले जानकारी गराएपछि सभामुख घिमिरेले प्रहरी विधेयक पेस भए पनि नागरिकता विधेयकमै छलफल अघि बढाउने जानकारी गराएका थिए । त्यसपछि नागरिकता विधेयकमाथि छलफल गर्दै स्वीकृत भएको थियो ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा गणकपूरक संख्या नपुग्दा निर्णयार्थ पेस हुन नसकेको सो विधेयक सोमबारको बैठकमा पेस गरिएको थियो । सभामुख घिमिरेले निर्णयार्थ पेस गरेको सो विधेयक बहुमतले पारित भएको हो । अब सो विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्नसक्ने सभामुख घिमिरेले जनाएका छन् ।

बोल्न नपाएपछि बैठक बहिष्कार
यस्तै, सोमबारको प्रतिनिधिसभा बैठकमा अर्को रोचक दृश्य देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भारतमा निधन भएकी नेपाली विद्यार्थीका ’boutमा बोल्न खोज्दा आफूले संसद्मा समय नपाएको भन्दै आपत्ति प्रकट गरेकी छन् ।

पटकपटक बोल्न खोज्दा पनि सभामुख घिमिरेले समय नदिएपछि सांसद श्रेष्ठ संसद् बैठक नै बहिष्कार गरेर बाहिरिएकी थिइन् । संसद् बैठक बहिष्कार गरेर निस्किएपछि उनले भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा ज्यान गुमाएकी नेपाली विद्यार्थी प्रकृति लम्साल र त्यहाँबाट निकालिएका नेपाली विद्यार्थी’bout बोल्न खोज्दा समय नपाएको भन्दै आपत्ति प्रकट गरेकी छन् ।

‘यो विषय आकस्मिक समयमा उठाउन आवश्यक ठान्नुभएन सभामुखले, बरु प्रधानमन्त्रीलाई कस्तो प्रश्न सोध्ने भन्ने विषय बढी महत्वपूर्ण ठान्नुभयो, यो त आकस्मिक नै भएन भन्नुभयो,’ सांसद श्रेष्ठले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । संसद्मा आकस्मिक समय प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा दिइएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई समय हुने तर हाम्रा विद्यार्थी विदेशमा मारिँदा र अनाहकमा सयौंले दुःख पाउँदा त्यो कुरा संसद्मा प्रवेश नपाउने ? मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुराचाहिँ आकस्मिकमा रहने हो भने जसले झोले भने, सही भने ।’

सांसद श्रेष्ठले नेपाली विद्यार्थीलाई अप्ठ्यारो अवस्थामा संयमित हुन पनि सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छन् । ‘भारतको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछि त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनी पठाएको छ, कयौं विद्यार्थीलाई रेलवे स्टेसन छाडिएको छ, विद्यार्थीहरू खाली हात अञ्जान ठाउँमा अलपत्र छन्, भर्खरै एक जना अलपत्र परेका भाइले भन्नुभयो– ‘दूतावासले यो कुरा माथिबाट डिल हुन्छ भन्छ, सरकारबाट कुनै पहल भएको छैन, के यो देशमा सरकार छ ?’ उनले प्रश्न गरेकी छन् ।

बलात्कार र रहस्यमय मृत्युमा राज्य र सरकार मूकदर्शक
यस्तै, प्रतिनिधिसभाको सोमबारको बैठकमा बलात्कार र रहस्यमय मृत्युका ’boutमा समेत आवाज उठेको छ । जनता समाजवादी पार्टी (जसपा)का नेता एवं सिरहा ४ का सांसद वीरेन्द्रप्रसाद महतोले सिराहाको बलात्कार र रहस्यमय मृत्यु’boutमा बोल्दै राज्य र सरकार मूकदर्शक भएको आरोप लगाए ।

सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायले ३० माघमा आत्महत्या गरेको विषयमा उनले सरकारको कमजोरी’bout ध्यानाकर्षण गराएका हुन् । सदायमाथि सामूहिक बलात्कार भएको थियो भने उनको मृत्यु पनि रहस्यमय भएको थियो । गत २७ माघ राति ९ बजे शौच गर्न निस्किएका बेला सामूहिक बलात्कारको सिकार भएकी सदाय बिहान ३ बजे मात्र घर फर्किएकी थिइन् ।

बलात्कारमा संलग्न स्थानीय रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डल खुलेआम हिँडिरहेको भन्दै सरकारमाथि महतोले प्रश्न उठाएका छन् । ‘यस्तो जघन्य अपराधको घटना बाहिरिँदा पनि राज्य र सरकार मूकदर्शक भएर बस्न मिल्छ ?’ महतोले प्रश्न गरे ।

गम्भीर अपराधलाई गाउँमै पञ्चायत राखेर मिलाउने प्रयास भएको र लेनदेनमा घटना मिलाउने प्रयास भएको सांसद महतोले बताए । ‘यस्तो संवेदनशील घटना हुँदा पनि स्थानीय तहमा पञ्चायती राखेर सहमति गरेको र पीडकसँग डेढ लाख रुपैयाँ लिने सहमति भएको कुरा बाहिरिएको छ,’ उनले भने । सो घटनामा संलग्न सबै दोषीमाथि कडा कारबाही हुनुपर्ने उनको माग छ ।

अर्का सांसद सम्झना थपलियाले जघन्य अपराध हुँदासमेत प्रहरीले जाहेरी नलिएकामा सरकारको ध्यानाकर्षण गराइन् । प्रहरीले दोषीमाथि कारबाही अगाडि नबढाएकामा उनले आपत्ति जनाइन् । ‘१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि मर्न बाध्य पारिन्छ तर यो घटना भएको चार दिन बित्दा पनि प्रहरी मौन रहेको र निष्क्रिय रहेको छ,’ उनले भनिन्, ‘यस्ता जघन्य अपराधमा संलग्न अपराधीहरू गाउँमा निर्धक्क हिँडिरहेका छन्, सरकार टुलुटुलु हेरेर बसिरहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक पक्राउ