शिक्षालाई व्यावसायिक बनाउनु पर्छ : महासचिव पोखरेल

कपिलवस्तु । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अबको समय प्राविधिक शिक्षाको समय भएको बताएका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै उनले प्राविधिक शिक्षामा आकर्षण बढिरहेको उल्लेख गर्दै शिक्षालाई व्यवहारिक र स्वरोजगार मूलक बनाउन आवश्यक रहेको बताएका हुन्।

पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यावसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यावसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गर्दै यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे।

जागिर मात्र खाने मनस्थितिको जनशक्ति उत्पादन गरेर अब देश अघि नबढ्ने बताउँदै उनले शिक्षा व्यवस्थाले नयाँ ढङ्गले समस्या समाधान गर्ने तरिका सिकाउनु पर्नेमा जोड दिए । प्राविधिक शिक्षामा व्यवहारिक ज्ञान दिनु पर्ने उनको धारणा छ । प्राविधिक शिक्षालयले उद्यमका काम पनि पढाइसँगै अघि बढाउनु पर्ने पोखरेलले बताए । इतिहासको तथ्य आजको पुस्ताले थाहा पाउनु पर्ने बताउँदै पोखरेलले पढ्नको लागि सरकारसँग अनुमति लिने समयबाट आज देश अनिवार्य शिक्षाको अवस्थामा आएको बताए ।

न्याय कसरी दिनुपर्छ भन्ने सिकाउन, मन्त्रिपरिषद्को निर्णय लेख्न, पढाउने मास्टरको लागि समेत २००७ साल अघिसम्म भारतबाट मानिस झिकाउनु पर्ने स्थिति रहेको उनले सुनाए। उनले कपिलवस्तु शिक्षाका दृष्टिले पछाडि रहे पनि अहिले सबै दृष्टिकोणबाट अघि बढिरहेकोमा खुसी व्यक्त गरे।

पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा कपिलवस्तु जिल्लाका विभिन्न सडक परियोजनाहरूमा पहल गरेको दाबी गरे। हुलाकी मार्ग, चन्द्रौटा–कृष्णनगर सडक, तथा हाल निर्माणाधीन बुटवल–गोरुसिङ्गे सडकका लागि आफूले विशेष पहल गरेको बताए।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ