दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप फागुन १४ गतेबाट

कपिलवस्तु । दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। पत्रकार सम्मेलन मार्फत कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा उक्त गोल्डकप यही फागुन १४ देखि २१ गतेसम्म हुन लागेको जानकारी गराईएको हो ।

तिलौराकोटको प्रचारप्रसार खेल पर्यटनको माध्यमबाट बढ्ने विश्वासका खेलको आयोजना गरिएको कपिलवस्तु जिल्ला फुटवल संघका अध्यक्ष तिलक थापाले बताए। खेल अवधिभर खेलाडीहरुलाई कपिलवस्तुका विभिन्न पर्यटकिय क्षेत्रहरुको स्थलगत भ्रमण समेत गराउने योजना रहेको सुनाउदै समग्र कपिलवस्तुको पर्यटकिय क्षेत्रहरुको प्रचारप्रसारसंगै पर्यटनलाई माथि उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप कपिलवस्तुमा हुनु सबैका लागि गर्वको विषय भएको बताउनुभयो। उहाँले खेल अवधिभर दैनिक रुपमा खेलका विविध गतिविधिको पत्रकारहरुले रिपोटिङ गरेर साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

फाल्गुण २१ गतेसम्म संचालन हुने प्रतियोगितामा कपिलवस्तु- ११, संकटा एफसी, मछिन्द्र क्लव काठमाण्डौ , हिमालयन शेर्पा, नेपाल पुलिस, थ्री स्टार क्लव, विफसी चितवन र जोन्जी एफसी सिक्किम गरि ८ वटा टोलीको सहभागिता रहने ८ टोली सहभागी हुने छन् । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने तय भएको छ ।

गोल्डकपको उपाधि हात पार्ने टिमले रु. ११ लाख ११ हजार १११ र उपविजेता हुने टिमले रु.५ लाख ५५ हजार ५ सय ५५ रहेको छ। साथै, सवोत्कृष्ट खेलाडीलाई रु ५० हजार, उत्कृष्ट खेलाडीलाई रु ३० हजार र प्रत्येक दिनको म्यान अफ द म्याचलाई रु १० हजार दिइने छ। पहिलो चरणका खेलहरूको टिकट दर रु २००, सेमिफाइनलको टिकट रु ३०० र फाइनलको टिकट रु ४०० रहेको छ। साथै, एक हजारको टिकट काट्नेले प्रतियोगिता अवधिभर सबै खेल हेर्न सक्नेछन्।

प्रतियोगिता फागुन २१ गतेसम्म चल्नेछ र यसमा ८ वटा टोली प्रतिस्पर्धा गर्नेछन्।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी घटना : सर्वदलीय अपिल, सीमामा कडाइ