नेपालका सबै पहाडी भागमा माक्वै नाम गरेको चरा पाइन्छ । यस चराको घाँटीमा कण्ठ आकारको भुत्ला रहेको हुन्छ । फागुन, चैत र वैशाख महिनामा ‘बाउ आमा’ बोलले राति ‘माक्वै चरा’कराउने गर्छ । यो चरा र गुरुङ समुदायबीच सम्बन्ध रहेको पाइन्छ । यस चरा’bout गुरुङ समुदायको मृत्यु संस्कारको कर्मकाण्ड चलाउने ‘पच्यु गुरु’ले र ‘क्ल्हेब्रीं’ गुरुहरूले पनि मृत्युसंस्कार कर्मकाण्ड चलाइरहेका बेला वाचन गर्छन् ।
‘पुदुवै’ नाम गरेको ‘खे’ तिब्बतमा बसोबास गरिरहेका बेला उसको परिवारमा घटेको घट्नामा यस ‘माक्वै चरा’को कथा बन्न पुगेको छ । ‘पुदुवै खेको फिस्यो’ नाम गरेकी श्रीमती, ‘प्रम्चैं’ नाम गरेको छोरा र ‘खेलौंस्यो’ नाम गरेकी छोरी थिइन् । आधा उमेरमै रोग लागेर फिस्योको निधन भएको थियो । फिस्योको निधन भएपछि पुदुवैले ‘माईटोंस्यो’ नाम गरेकी कान्छी श्रीमती ल्याए ।
‘प्रम्चैं’ छोरा ‘पुदुवै खे लेक’मा चौंरीगोठमा बस्थे भने कान्छीआमा र छोरी ‘खेलौंस्यो’ घरमा बस्थे । कान्छीआमाले छोरी ‘खेलौंस्यो’लाई मन नपराउने र दुःख दिने गर्न थालिन् । छोरी ‘खेलौंस्यो’लाई दुःख दिने उद्देश्यले खेतमा काम गर्न पठाउँदा बिँड भाँचिएको कोदालो र हँसिया दिने गर्थिन् । पानी भर्न पठाउँदा चुहिने गाग्री र डोको दिने गर्थिन् । मासुको सट्टा हाड्डी मात्र दिने गर्थिन् । ढिकीको मुसल झिकेर लुकाई ढिकी कुट्न पठाउँथिन् । जाँतोको हातो लुकाई गहुँ पिँध्न पठाउँथिन् ।
यसरी कान्छीआमाले ‘खेलौंस्यो’ छोरीलाई अनेक प्रकारले दुःख दिन थालेपछि एक दिन छोरी ‘खेलौंस्यो’ले आत्महत्या गरिन् र ‘माक्वै’ नाम गरेको चरामा पुनर्जन्म लिन पुगिन् । यही ‘माक्वै’ चराले आफूलाई जन्म दिने आमा र बाबाको सम्झनामा राति ‘बाउ आमा’ बोलले ‘कराउने गरेको हो’ भनी गुरुङ समुदायमा ‘माक्वै चरा’को कथा रहेको पाइन्छ । यही चराको कथामा मैले ‘माक्वै चरा’ खण्डकाव्य लेखेको हुँ । यो खण्डकाव्य झ्याउरे छन्दमा छ । यो काव्य आठ खण्डमा विभाजित छ । तिब्बतको वर्णन गरिएको पहिलो खण्डमा चार पाउका १२ श्लोक रहेका छन् । पुदुवै परिवारको वर्णन गरिएको दोस्रो खण्डमा चार पाउका १२ श्लोक छन् ।
‘प्रम्चैं’को गोठालो जीवन वर्णन गरिएको तेस्रो खण्डमा चार पाउका १२ श्लोक रहेका छन् । ‘खेलौंस्यो’ छोरीको बाल्यकाल वर्णन गरिएको चौथो खण्डमा चार पाउका ८ श्लोक छन् । ‘खेलौंस्यो’ छोरीको तरुण अवस्था वर्णन गरिएको पाँचौं खण्डमा चार पाउका ८ श्लोक रहेका छन् । ‘खेलौंस्यो’की आमाको निधन’bout वर्णन गरिएको छैटौं खण्डमा चार पाउका २८ श्लोक रहेका छन् । जन्म दिने आमाको निधनपछि ‘खेलौंस्यो’को जीवन’bout वर्णन गरिएको सातौं खण्डमा चार पाउका २३ श्लोक छन् । ‘खेलौंस्यो’को आत्महत्यापछि ‘माक्वै चरा’मा पुनर्जन्म लिएको’bout वर्णन गरिएको आठौं खण्डमा चार पाउका १८ श्लोक छन् ।






