प्रधानन्यायाधीश राउतलाई गृह जिल्लामा सम्मान थाप्न भ्याइनभ्याइ

उदयपुर । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई गृह जिल्ला उदयपुरमा सम्मान सम्मान गरिएको छ । शुक्रबार गृहनगर कटारी आएका प्रधान न्यायधिश राउतलाई गृह जिल्लामा शुक्रवार देखि आईतवार सम्म आधा दर्जन बढी संघ संस्थाले सम्मान गरेको छ ।

आइतबार जिल्ला सदरमुकाम गाईघाटमा जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा जिल्लाका सात पालिकाले प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत सहित जिल्लाबाट राज्यको उच्च ओहदामा पुग्न सफल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई एक साथ सम्मान गरेको हो ।

त्यस अबसरमा प्रधान न्यायाधीश राउतले आफूले नेतृत्व गरेको न्यायालयले विधिको शासन भन्दा बाहिर गएर कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले आफूले कसैले औँला उठाउने गरी न्याय सम्पादन नगर्ने समेत जिकिर गरे । न्यायिक सुधार र न्यायिक सुशासन दुई वटा एजेन्डामा रहेर आफूले काम गर्न लागेको समेत उनले स्पष्ट पारे ।

प्रधान न्यायधिश राउतले देशले आफुलाई गरिमामय पद मलाई सुम्पेको छ त्यसको श्रेय यहिको माटो तपाईहरु हो । तपाईहरुले दिएको सम्मान प्रति म नत मस्तक छु मेरो मानस पटलबाट उदयपुर जिल्ला कहिले हट्ने छैनन । सम्मानको योग्य बनाउने आधार स्तम्भ यहि जिल्लाको माटो हो । यहाँको माटोको सुगन्ध मेरो शरीरको रौं रौं मा छ । यो क्षण मेरो जिवनको गौरबको अनुभुति भएको छ आभार प्रकट गर्न चाहन्छु यो क्षण मेरो लागि अत्यन्त दुर्लभ र अलोकिक रहेको छ । तपाईहरुले दिएको सम्मान जीवन पर्यन्त सो सम्मान सजाय राख्ने छु ।

प्रधान न्यायधिशको हैसियतमा न्यायपालिकाको शिर कुनै हालमा निहुँरीन दिने छैन । संविधानले ब्यवस्था गरेको बिधिको शासन न्यायपालिकामा कहिले पराजित हुन दिने छैन । न्यायिक निपक्षता, न्यायिक स्वतन्त्रता, न्यायिक स्वच्छता कुनै पनि हालमा मर्न दिने छैन । मलाई सम्मान दिएकोमा तपाईहरुले मलाई भारी बोकाउनु भएको छ । म यहाँबाट भारी बोकेर जाँदैछु । तपाईले दिएको सम्मान भित्र छिटो छरितो न्याय, कम खर्चमा न्याय दिनु प¥यो, निश्पक्ष भएर न्याय सम्पादन गरिनु प¥यो, न्यायिक मुल्या र मान्नेता जर्गेनाका लागि रक्षा कवज भई दिनु प¥यो, न्यायिक सुकर्म र सत्कर्म गर्नु है भनेर समाजका लागि बिशिष्ट योगदान गर्न र भाबी पुस्तालाई प्रेरित गर्नु न्यायिक सुशासन शब्दमा मात्र होईन परिणाममा देखिर्ने गरि काम गर्न सम्मान भित्र लुकेको यहि हो ।

न्यायपालिकाको काम भनेको ब्यवस्थापिकाले बनाएर दिएको कानुनको ब्याख्या र कार्यान्वयन हो । न्यायपालिकाले अंकुल लगाएको छैन । नेपालको सर्बोच्च अदालत दक्षिण एशियामा एक नम्बरमा रहेको छ । सर्बोच्चमा रहेको १५ हजार मुद्धा १५ जना न्यायधिशले फैसला गरेको छ ।

न्यायलयले आफनो नियमितको कामको अलावा राजनितिक बेमेलको मुद्धा पनि अदालतले सल्टाई दिनु परेको छ । राजनितिक दलहरुले आफुले गर्न नसक्ने अनि न्यायलयमा पठाउने गरेकाले पनि न्यायलयमा मुद्धाको चाप बढेको हो । उनले भने मेरो काम भनेको न्यायपालिकाको शिर ठाडो बनाउने हो । अदालत दुई वटा कुरा लिएर अघि बढेको छ । न्यायिक सुधार र न्यायिक सुशासन हो । उदयपुरमा बालसुधार गृह निर्माणको लागि सम्भाब्यता अध्यायन भई रहेको छ ।

प्रधान न्यायधिश राउतले भने मैले बनाएको सिद्धान्तमा र मैले बनाएको मुल्यमान्यतामा म सम्झौता गर्दिन । अहिलेको न्यायपालिका २०८१ देखि २०८६ सम्म प्रकाशमानसिंह राउतले कोरेको नक्शामा हिडि रहेकोछ । न्यायलय सुधार गर्दै मैले कोरेको नक्शा अनुसार हिड्छ । अबको एक वर्ष पछि २०८२ साल सम्ममा ८ वर्ष पुरानो मुद्धा शुन्य बनाउने योजनामा न्यायपालिका लागेकोछ । २०८६ साल सम्ममा दुई वर्ष पुरानो मुद्धा न्यायलयमा हुने छैन । आशा बोक्नु होस जवाफ देहि बहन गर्नु होस तपाईले भनेकै फल फल्छ है ।

तपाईले जुन चिजको अपेक्षा गर्नु हुन्छ त्यो चाहि फलदैन है । सरकारले कानुन बनाउन सक्दैन त्यसको असर अदालतमा आउँछन । भष्ट्राचारको मुद्धा धमाधम खोल्न लगाईएको छु । स्थानीय तह र प्रदेश सरकारले मेहन गरि कानुन बनाउन आग्रह गरे र त्यसको लागि कानुनको बिज्ञता उपलब्ध गराउन तयार रहेको औल्याए ।

मेरोे न्यायिक मर्यादा र सिमा उल्लघंन हुने गरि चाहि प्रस्तुत हुन सक्दिन । मेरो लागि न्यायपालिकाको अस्मिता धेरै ठुलो कुरा हो । तपाईहरुले दिएको सम्मानले भारी बोकेर जाँदैुछ । मेरो मर्यादाको परिधि भित्र रहेर उदयपुरलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अम्बरबहादुर रायमाझी, कोशी प्रदेशका प्रदेश सभा सदस्यहरु हिमाल कार्की, नारायणबहादुर बुर्जा मगर, सम्झना पाख्रिन, रामकुमार खत्री, पालिका प्रमुख तथा उपप्रमुख, पूर्व जनप्रतिनिधिहरू सहितको उपस्थितिमा प्रधान न्यायाधीश राउत सहित द्वय सचिव र प्रहरी अतिरिक्त महानिरीक्षक राईलाई सम्मान गरिएको हो । चार दिन अघि गृह जिल्ला उदयपुर आएका प्रधान न्यायाधीश राउत आईतवार काठमाडौँ फर्किएको छ ।

सम्मान कार्यक्रममा उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ का साँसद अम्बरबहादुर रायमाझि, कोशी प्रदेश सभाका सांसद हिमाल कार्की, रामकुमार खत्री, नारायणबहादुर बुर्जा मगर, सम्झना पाख्रिन तामाङ, प्रहरी अतिरिक्त महानिरिक्षक टेकप्रसाद राई, त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेत, उपाध्यक्ष भुपेन्द्रबहादुर थापा, पुर्व नगर प्रमुख बलदेव चौधरी, पुर्व जिल्ला बिकास समिति बेदप्रसाद पोखरेलले आ आफनो धारण राखेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका उपप्रमुख तेजप्रसाद गिरीले स्वागत गरेका थिए भने जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गैरबहादुर बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रधान न्यायधिश राउतलाई कटारी नगरपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, ताप्ली गाउँपालिका, उदयपुर उद्योग वाणिज्य संघ कटारी, कटारी बिद्यार्थी समाज काठमाण्डौ, नेपाल बार एसोसिएसन ईकाई उदयपुर र राउत सेवा समाजको सम्मान गरेका थिए । उदयपुरमै जन्मेर राष्ट्रका उच्च पदमा पुगेकाहरूलाई विशेष सम्मान प्रदान गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

अध्ययन बिदा दुरुपयोग गरेकाबाट सरकारले असुल ग¥यो १० करोड ४६ लाख