बारा । नेपाल राष्ट्रिय अनुसन्धानका वरिष्ठ सहायक ( सई ) ले दाइजो बिना बिहे गरेका छन् । अनुसन्धान वरिष्ठ सहायक विकास कुमार साहले बिना दाइजो लिई बिहे गरेका हुन् ।
बाराको महागढीमाई नगरपालिका वडा नम्वर १ बरियारपुरका विजय कुमार साहका छोरा विकास कुमार साहले पर्साको विरगंज महानगरपालिका वडा नम्बर १७ अलौका ललन साहकी छोरी डाक्टर रिमा साहसंग बिना दाईजो बिहे गरेका हुन् । ।
देश भरि समाजमा दाईजो कुरतीको रूप लिएको अवस्थामा अनुसन्धान वरिष्ठ सहायक साहले बिना दाईजो बिहे गरेर चर्चाको विषय बनेको छ ।
समाजमा रुढीवादी परम्परा दाईजोले कयौ घर बिगारेको अनुसन्धान वरिष्ठ सहायक साहले बताए । आफनो दायित्व निर्वाह गरिरहेको अवस्थामा दाईजोको विषय लिएर दुबै पक्ष एक आपसमा झगडा गरी अस्पताल, मरेको खवर पनि आफ्नै आखाले हेर्दा आफुले दाईजो बिना बिहे गर्ने सोच बनाएको उनले बताए ।
आफुले दाईजोलाई बहिष्कार गरि शिक्षित, सभ्य समाजको परिकल्पना गरेको साह बताउछन् । आफ्नो अभिभावकले शिक्षा दिए पछि, लोकसेवाको तयारी पश्चात नेपाल सरकारको जागिर खाए देखि समाजलाई सन्देश दिनलाई दाईजो न लिएर बिहे गरेको उनले बताए ।
बाल बिबाह एवम दाईजो उन्मुलन अभियानका प्रकाश थारू लगायतका टोली स्टेज मै पुगेर नव दम्पतीलाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए । नेपाल सरकारको न्याय सम्पादन गर्ने अनुसन्धान वरिष्ठ सहायकले बिना दाईजो बिहे गरेर समाजमा क्रान्ती ल्याएको थारुले बताए । अहिलेको परिवेशमा बालविवाह र दाईजोलाई युवाले नै निरुत्साहित गर्न सक्ने उनले बताए ।






