नेपालकै पहिलो खो–खो लिग बर्दियामा

बर्दिया । नेपालमा पहिलो पटक खो–खो लिग प्रतियोगिता बर्दियामा हुने भएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा देशकै पहिलो खो–खो लिग प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको आयोजना अगामी चैत्र २३ देखि ३० गते सम्म गरिने नेपाल खो–खो संघले जनाएको छ । देशमा पहिलो पटक गर्न लागिएको लिग चरणको खेलमा देशभरिका ६ ओटा टिमका खेलाडी सहभागी हुने खो–खो संघले जनायो ।

प्रतियोगिता नेपाल खो–खो सघंको आयोजना र लुम्बिनी प्रदेश खो खो सघंको व्यवस्थापनमा सञ्चालन हुने भएको छ । खोखो खेलको टिममा अन्तर्राष्ट्रिय एक, राष्ट्रिय दुई, प्रदेश तीन र जिल्ला स्तरका ६ जना खेलाडी सहभागी हुने व्यवस्था मिलाइएको छ । खेलाडीहरू तयारी अवस्थामा रहेको र टिम होस्टको पर्खाइमा रहेको नेपाल खो–खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीले बताए ।

खो–खो खेलमा सबै भन्दा बढी खेलाडी ठाकुरबाबा नगरपालिकामा उत्पादन भएको हुनाले यही पालिकामा प्रतियोगिता गर्न लागिएको उनले बताए । गत पुसको अन्तिम सातामा भारतको दिल्लीमा भएको पहिलो विश्वकप खो–खो प्रतियोगितामा बर्दिया जिल्लाका मात्र १२ जना खेलाडी सहभागी भएका थिए । उक्त विश्वकप खो–खो प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।

ठाकुरबाबा नगरपालिका खो–खो खेलका लागि उर्वर भूमि मानिन्छ । २०७० साल देखि ठाकुरबाबा नगरपालिकामा खो खो खेलको प्रवद्र्धन गर्न सुरु गरिएको थियो । खो–खो खेल हेर्नका लागि पुरै खेल अवधिसम्मको लागि टिकट दर एक हजार, एक दिन मात्रको लागि दुई सय रुपियाँ तोकिएको आयोजकले जाएको छ ।

विद्यार्थीहरूको लागि पुरै खेल अवधिको लागि पाँच सय र एक दिनको लागि एक सय ५० रुपियाँ तोकिएको आयोजकले जनाएको छ । खो–खो खेल ठाकुरबाबा नगरपालिकास्थित खो–खो कर्भड हलमा सन्चालन हुनेछ । उक्त अवधीमा खो–खो खेलसँगै विभिन्न सांस्कृतीक कार्यक्रम तथा झाँकी प्रर्दशन गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

epaper

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री शाहले देशवासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ